मोजिक

वेब खोज संयन्त्र

मोजिक संयुक्त अधिराज्यमा आधारित एक वेब खोज इञ्जिन हो।[५] मोजिकद्वारा प्रदान गरिएको खोज परिणामहरू वेब क्राउलरद्वारा सृजना गरिएको वेब पृष्ठहरूको आफ्नै सूचकाङ्क मार्फत आउने गर्दछ। कम्पनीको प्रधान कार्यालय ब्राइटनमा अवस्थित छ।[६][७]

मोजिक
साइटको प्रकार
वेब खोज इञ्जिन
उपलब्ध भाषाअङ्ग्रेजी, फ्रान्सेली, जर्मनेली
मुख्यालयहरूब्राइटन, संयुक्त अधिराज्य[१]
मालिकमोजिक लिमिटेड[२]
सर्जकमार्क स्मिथ
युआरएलwww.mojeek.com, www.mojeek.co.uk
अलेक्सा क्रमNegative increase १९६,७२० (मे १४, २०१९)[३]
चालु भएको मितिअक्टोबर 2004; १९ वर्ष अघि (२००४-१०)[४]
वर्तमान स्थितिचालू

इतिहास सम्पादन गर्नुहोस्

सन् २००४ मा, मोजिक खोज इञ्जिनलाई, ससेक्स इनोभेसन सेण्टरमा मार्क स्मिथद्वारा निजी परियोजनाको रूपमा सुरु गरिएको थियो। खोज प्रविधिले सामान्यतया सी प्रोग्रामिङ भाषाको प्रयोग गरिरहेको छ र यसको प्रारम्भमा सेवकहरू मार्कको शयनकक्षबाट चलाइएका थिए।[८]

लगानी प्राप्त गरिसकेपछि मोजिकलाई आधिकारिक रूपमा सन् २००९ मा सीमित कम्पनीको रूपमा सुरुवात गरिएको थियो।[२]

सन् २००६ मा, पछ्याउने गोपनीयता नीति समावेश नगरिएको यो पहिलो खोज इञ्जिन बनेको थियो। यो नीति हाल सम्म पनि यथावत रूपमा कायम राखेको छ।[९]

२६ जनवरी २०११ मा, यसलाई बेलायतमा आधारित एक वैकल्पिक खोज इञ्जिनको रूपमा,बेलायती इण्टरनेट खोज इञ्जिनको बारेमा चलेको संसदीय बहसको क्रममा " गुगल खोजी नतीजाहरूमा हेरफेर गरेको आरोप, विशेष गरी यसको भुक्तानी गरिएको र प्रायोजित नतीजाहरूको प्रतिकूल व्यवहार"को बारेमा यसलाई प्रकाश पारिएको थियो।[१०]

१५ अप्रिल २०१५ मा बीबीसीको वर्ल्ड ग्लोबल कार्यक्रम र रेडियो ५ लाइभले, मोजिकका संस्थापक मार्कलाई मोजिक खोज इञ्जिन र युरोपेली सङ्घको, गुगल विरोधी प्रतिस्पर्धीको कथित व्यवहारको बारेमा उजुरी गर्ने निर्णयको बारेमा कुरा गरेका थिए।[११]

सन् २०१७ मा, इमरेज प्रविधिसँगको साझेदारीमा, मोजिकले उनीहरूको भावनात्मक खोज इञ्जिनको प्रदर्शन सुरू गरेको थियो जसले प्रयोगकर्ताहरूलाई केहि भावनात्मक सामग्री भएका पृष्ठहरूको लागि खोजी गर्न मद्दत पुर्‍याएको थियो।[१२]

सन् २०१९ को मे महिनमा सम्ममा, मोजिकको भण्डारले २.३ अरब पृष्ठहरू समावेश गरेको थियो।[१३]

सन् २०१३ देखि, मोजिकका सेवकहरू मेडष्टोनमा, संरक्षक आँकडा केन्द्रहरूबाट सञ्चालित छन्।[१४]

प्रमुख विशेषता सम्पादन गर्नुहोस्

मोजिक वेब क्राउलरमा आधारित एक खोज इञ्जिन हो जसले स्वतन्त्र खोज परिणामहरू प्रदान गर्दछ।[१५] अन्य खोज इञ्जिनहरूबाट उत्पन्न भएका परिणाम तथा सामग्रीहरूको प्रयोग गर्नुको सट्टामा यसले आफ्नै वेब पृष्ठहरूको अनुक्रमणिकको प्रयोग गर्दछ।

लोकप्रियता सम्पादन गर्नुहोस्

सिमिलर वेब सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २,३२,३५८अौँ स्थानमा रहेको छ भने संयुक्त राज्य अमेरिकामा यसको क्रम १,२४,५७६ रहेको छ जसमा यसको उछाल दर ४४.०६% रहेको छ।[१६]

अलेक्सा इन्टरनेट सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा १,७०,७०३अौँ स्थानमा रहेको छ भने भारतमा यसको क्रम ९०,१६५ रहेको छ।[१७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Sussex Innovation Centre | UKSPA", www.ukspa.org.uk, अन्तिम पहुँच २०१९-०४-०२ 
  2. २.० २.१ "MOJEEK LIMITED - Overview (free company information from Companies House)", beta.companieshouse.gov.uk (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२ 
  3. "मोजिक डटकमका ट्राफिक तथा प्रतिस्पर्धीहरू", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १४ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२० मिति
  4. "मोजिक खोजको समिक्षा", मोजिक, २००४-११ -२७, अन्तिम पहुँच २०१९-०४-०२ 
  5. बेलायतका शीर्ष १० खोज इञ्जिनहरू
  6. More than £1.5 billion of revenue passes through servers held at Custodian Data Centre, the high-security site in Maidstone, Kent Online, १७-०३-०२
  7. Expert Internet Searching: पाचौँ संस्करण आइएसबिएन ९७८-१-७८३३०-२४९-९
  8. टेकमास!, Team (२०१८-०९-०५), "मोजिक! एक बेलायती बैकल्पिक खोज इञ्जिन", टेक मास (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२१ मिति
  9. "Privacy Policy, Wayback Machine internet archive from Mojeek website, 06-03-18)", web.archive.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२ 
  10. "House of Commons Hansard Debates for 26 Jan 2011 (pt 0002)", publications.parliament.uk, अन्तिम पहुँच २०१९-०४-०२ 
  11. "Mojeek interviewed on BBC", blog.mojeek.com, अन्तिम पहुँच २०१९-०४-०२ 
  12. Watts, Jack (२०१७-०७-१४), "Artificial Emotional Intelligence for Web Browsing | NVIDIA Blog", The Official NVIDIA Blog (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२३ मिति
  13. रिचर्ड्स, लुक (२०१९-०३-०५), "Alternatives to Google: Mojeek believes a truly independent and tracking-free search engine must be built from scratch", सर्च इञ्जिन वाच (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०२ 
  14. Mojeek Colocation Case Study, Custodian Data Centre, २०१८-०६-३० वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२१ मिति
  15. "» Have it your way with the Mojeek search engine", पाण्डिया, २०१३-०५-२६, अन्तिम पहुँच २०१९-०४-०२ 
  16. सिमिलर वेब, "मोजिक डटकमको विश्लेषण तथा विवरणहरू", अन्तिम पहुँच १७ असोज २०७६ 
  17. अलेक्सा इण्टरनेट, "मोजिक डटकमको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण", अन्तिम पहुँच १७ असोज २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:वेब खोज इञ्जिनहरू