धार्मिक पुराण् का अनुसार माछालाई समेत जाडो हुने ५० दिनको अवधि(नेपाली शब्दसागर)। सामान्यतया यसको गणना मंसिर एक्काइसदेखि माघ दस गतेसम्म पचास दिन सम्म हुन्छ। पचास दिनको जाडोयाम र शिक्षण संस्थाहरूमा प्रायः सोही याममा दिइने हिउँदे बिदा लाई पनि मीनपचास भनिन्छ।