मार्ता अन्जुई
मार्ता अन्जुई अर्दानिज (जन्म: ४ जुलाई १९८८, Marta Unzué Urdániz) स्पेनकी व्यवसायीक महिला फुटबल खेलाडी हुन्। यिनी हाल बार्सिलोनाको महिला फुटबल टिमबाट क्लब फुटबल खेल्ने गर्दछिन्। मुख्य रूपमा यिनी डिफेन्डिङ मिडफिल्डरका रूपमा मैदान उत्रने गर्दछिन्।[२] हाल उनी बार्सिलोनाको क्याप्टेनको रूपमा खेल्दछिन्।[३]
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | मार्ता अन्जुई अर्दानिज | ||
जन्म मिति | [१] | ४ जुलाई १९८८||
जन्म स्थान | बेर्रिोजर,स्पेन | ||
उचाइ | १.६९ मी (५ फिट ७ इन्च) | ||
खेल्ने स्थान(हरू) | मिडफिल्डर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | एफसी बार्सिलोना (महिला टिम) | ||
सङ्ख्या | ४ | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००३-२००६ | ओसासुना(महिला टिम) | ||
२००६- | एफसी बार्सिलोना (महिला टिम) | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
क्लब जीवन सम्पादन गर्नुहोस्
यिनी सन् २००६ मा ओसासुना महिला टिमबाट बार्सा आएकि थिइन् जहाँ उनकी दिदी पनि थिइन् । जति बेला उनी बार्सा आएकी थिइन्, उक्त समय बार्सा लिग रेलिगेसनको चपेटामा थियो । उनले क्लबलाई रेलिगेसनबाट बचाउन ठूलो भूमिका निभाउनुका साथै क्लबमा आएकी चार वर्ष पछि नै उनी क्लबको क्याप्टेन भइन् ।[४]
शिक्षा सम्पादन गर्नुहोस्
मार्ताले शारीरिक क्रियाकलाप तथा खेल विज्ञानको विषयमा डिग्री पुरा गरेकी छिन् ।[५]
पारिवारिक जीवन सम्पादन गर्नुहोस्
मार्ताको काका र दिदी फुटबल खेलाडी हुन्। त्यसैले, उनको परिवार फुटबलमय छ भन्न सकिन्छ ।[६]
उपाधिहरू सम्पादन गर्नुहोस्
क्लब सम्पादन गर्नुहोस्
- बार्सिलोना
- प्रिमियर डिभिजन (४): २०११-१२,२०१२-१३,२०१३-१४,२०१४-१५
- अन्य
स्रोतहरू सम्पादन गर्नुहोस्
- ↑ "Barca Femeni"।
- ↑ Profile in UEFA's website
- ↑ [१]
- ↑ Villarrubia, Begoña (३० अक्टोबर २०१५), "Las herederas de Unzué" (Spanishमा), Mundo Deportivo, अन्तिम पहुँच २९ अगस्ट २०१६।
- ↑ https://www.linkedin.com/in/marta-unzue-urdaniz-9a537171
- ↑ "Juan Carlos Unzué. Un guardameta legendario" (Spanishमा), Sevillismo en Vena, १४ डिसेम्बर २०१५, अन्तिम पहुँच २९ अगस्ट २०१६।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा मार्ता अन्जुई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- मार्ता अन्जुई – युइएफए प्रतियोगिता तथ्याङ्क
- Profile मा एफसी बार्सिलोना(महिला टिम)
- मार्ता अन्जुई प्रोफाइल सकरवेमा
- मार्ता अन्जुई ट्विटरमा
- फेसबुकमा मार्ता अन्जुई