मानेश्वाँरानेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। मानेश्वारा गाविस जिल्लाको मध्य भागमा अवस्थित छ। जिल्ला सदरमुकामबाट करिव १० कोष दुरी टाढा पर्ने यस गासिवको कुल क्षेत्रफल १९.१८ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा बाह्रबिसे गाविस, गाति गाविस, पश्चिममा फुल्पिङकोट गाविस, हगाम गाविस, उत्तरमा गाति गाविस, घुम्थाङ गाविस र दक्षिणमा राम्चे गाविस पर्दछ। भौगोलिक रूपमा मानेश्वारा गाविस भिरालो छ। फुल्पिङकोट थुम अन्तर्गत पर्ने यस गाविसमा तामाङ तथा ब्राम्हण जातिहरूको बाहुल्यता छ। गाविसका मानिसहरू कृषि, व्यापार तथा नोरकीमा सम्लग्न भएको पाइन्छ। गाविसको प्रमुख कृषिबालीमा धान, मकै र कोदो पर्दछ। मानेश्वारा गाविस जिल्ला निर्वाचन क्षेत्र नम्बर २[१] अन्तर्गत पर्दछ। विसं २०५८ सालमा मानेश्वाँराको साक्षरता दर ३९, घरपरिवार संख्या १७२१ र जनसङ्ख्या ८५०२ थियो।[२]

मानेश्वाँरा
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा८५०२
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "क्षेत्रगत रूपमा छुट्याईएका गाविसहरू", जिविस सिन्धुपाल्चोक, अन्तिम पहुँच २०११-०९-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-२४ मिति
  2. "मानेश्वाँरा", merosindhu.com, अन्तिम पहुँच २०११-०९-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्