महेन्द्र गुफा नेपालको कास्की जिल्लाको पोखरा नजिकै रहेको प्रसिद्ध गुफा हो। आन्तरिक तथा बाहृय पर्यटकको पहिलो गन्तव्यस्थल हो । पोखरा र सेरोफेरो मात्रै घुम्ने पर्यटकहरु पहिला महेन्द्र गुफा घुमेपछि अन्य गन्तव्य तर्फपाइला चाल्छन् । पोखरा उपमहानगरपालिका १६ बाटुलेचौरमा अवस्थित गुफाको लम्बाई १ सय २५ मिटर लामो छ । गुफा २०१७ सालमा विधिवत उदघाटन भएको थियो । तत्कालिन राजा महेन्द्रले उदघाटन गरेपछि गुफाको नाम महेन्द्र रहन गयो । गुफा भित्र छिर्ने बाटो निकै ठुलो छ । र्सवसाधारण सहज आवतजावत गर्न सकिन्छ । निस्कने बाटो भने केही जटिल छ । प्रवेशद्वारबाट १ सय २५ मिटर भित्र पुगेपछि गणेशको थान, शिवलिङ छ । गुफाको दाया“ बाया“ भागमा विभिन्न आकृति सजिलै देख्न सकिन्छ । “सिजनमा आन्तरिक भन्दा बढी भारतीय पर्यटकको घुइ“चो लाग्छ ।” गुफाका कर्मचारी लक्ष्मण खवास भन्छन- “अफ सिजनमा आन्तरिक पर्यटकको चहलपहल हुन्छ ।” शनिबार विशेष गरी दुइसय भन्दा र्सवसाधारणहरु गुफा अवलोकन गर्न आउने खवास बताउ“छन् । काठमाडौँ, चितवन, बुटवल, नेपालगन्ज लगायतका ठाउ“हरूबाट आन्तरिक पर्यटकहरु गुफा घु्म्न आउ“छन् । गुफाभित्र बत्ती जडान गरिएको छ ।महेन्द्र गुफाको संरक्षण गर्ने दायित्व स्थानीय विन्ध्यवासिनी उच्च माविले लिदैं आएको छ । विगत डेढ दशकदेखि संरक्षण गर्दै आएको विद्यालयले गुफाको आम्दानीको २५ प्रतिशत गुफा व्यवस्थापनमै खर्च गर्दै आएको छ । “वर्षा ६ लाख भन्दा बढी आम्दानी हुन्छ ।”उनी भन्छन-त्यसैबाट गुफाभित्र फुट ट्रयाक, माछा पोखरी, बालबालिकाको लागि पिङ, प्रवेशद्वारस“गै टिकट काउन्टर निर्माण हुदैं छ । गुफा पोखराको व्यस्तचोक पृथ्वीचोकबाट झण्डै ८ किलोमिटर उत्तर पश्चिममा पर्छ । गुफाको प्रवेशद्वारसम्म मोटर पुग्छ ।

महेन्द्र गुफा
महेन्द्र गुफाको प्रवेशद्वार
नक्सामा महेन्द्र गुफाको स्थान
नक्सामा महेन्द्र गुफाको स्थान
स्थानपोखरा, नेपाल
भौगोलिकताstalagmites and stalactites
प्रवेशद्वार(हरू)
पहुँचसार्वजनिक

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्