बोगटान फुड्सिल गाउँपालिका
बोगटान डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गरिएपछि डोटी जिल्लामा पर्ने साविकका सिमचौर, कानाचौर, सातफरी, धिर्कामाण्डौ, र चवरा चौतारा गाविस हरूलाई जोडेर बोगटान गाउँपालिका बनाइएको हो । ।[५][६] बोगटान गाउँपालिकाको कूल क्षेत्रफल ३००.२२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यो गाउँपालिकाको कूल जनसङ्ख्या १७,९०२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा अछाम जिल्ला , पश्चिममा बडीकेदार गाउँपालिका, उत्तरमा केआइसिं गाउँपालिका तथा दक्षिणमा सुर्खेत जिल्लासँग जोडिएको छ । ।[७]
बोगटान | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ७ |
जिल्ला | डोटी |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | कमलबहादुर गडसीला [१] (नेकपा) |
• उपाध्यक्ष | भगवतीदेवी बम (नेकपा)[१] |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ३००.२२ किमी२ (११५.९२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७,२०९ |
• घनत्व | ५७/किमी२ (१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५७ |
केन्द्र | साविकको चवरा चौतारा गाविसको कार्यालय |
वेबसाइट | bogatanmun |
भूगोल सम्पादन गर्नुहोस्
सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ Bogatan "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४।[dead link]
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२८ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।