बगाले बगेडी नेपाल तथा भारतमा पाइने एक प्रकारको चराको प्रजाति हो। यो बङ्गलादेशको गङ्गा-ब्रह्मपुत्र उपत्यमा लोप भएको मानिन्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार यस चरा असुरक्षित अवस्थामा रहेको छ। [१]

बगाले बगेडी
नेपालमा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
E. aureola
वैज्ञानिक नाम
Emberiza aureola
Pallas, १७७३
बगाले बगेडीको अण्डा

शारीरिक विवरण सम्पादन गर्नुहोस्

बगाले बगेडीको भालेको कालो अनुहार र कटुस रङ्को छातीपेटी तथा पङ्खढकनीको भित्रीछेउमा सेतो धर्सा भएको । पोथीको टाउको र पिठ्युमा टड्कारो बुट्टा र मध्यढकनीमा सेतो धर्सा भएको हुन्छ । बच्चाको तल्लो भाग ठाडा धर्कापूर्ण । यसको शरीरको लम्बाई १४ देखि १६ सेमी (५.५ देखि ६.३ इन्च) लम्बाई तथा तौल १७ देखि २६ ग्राम हुन्छ ।

भौगोलिक अवस्थिती सम्पादन गर्नुहोस्

यो विशेषगरी नेपालको शुक्लाफाँट वन्यजन्तु आरक्षमा पाइने गर्दछ। यो ५०० मिटरको उचाइसम्म पाइन्छ।

प्रमुख वासस्थान सम्पादन गर्नुहोस्

 
उडिरहेको बगाले बगेडी

बगाले बगेडी खेतबारी र घाँसेमैदानमा पाइने गर्छ। यो चराका लागि उपयुक्त स्थान थापिला मैदान जहाँ अग्ला घाँसहरु र छरिएर रहेका वुट्टयानहरु पाइन्छन् । यसले जेठदेखि साउन महिनाको बीचमा प्रजनन् गर्ने गर्छ । प्रजननको लागि पोथी एक्लैले सुक्खा घाँस र छेस्काहरूले भुइँमा गुँड बनाउँछ ।

खतराहरू सम्पादन गर्नुहोस्

विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले अति सङ्कटापन्न अवस्थामा रहेको छ । अवैध शिकार, कृषि गर्ने तरिकामा परिवर्तन र विषादीको अत्याधिक प्रयोग प्रमुख चुनौती हुन् । कृषिक्षेत्रमा जमिन परिणत हुनु, घरपालुवा जनावरको अत्याधिक चरिचरन, घर गोठ छाउनका निम्ति व्यापक घाँस खर कटानी,आगलागी केही चुनौती निम्त्याउने कारणहरु हुन् ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ बर्डलाइफ इन्टरनेसनल (२०१२), "बगाले बगेडी", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण २०१२.१, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्