प्रयोगकर्ता:49.244.215.199/प्रयोगस्थल

दैलेखमा नयाँ तीन एफ.एम रेडियो खुल्दै दैलेख २२ साउन–दैलेखमा यसै वर्ष नयाँ ३ वटा एफ.एम रेडियोहरु सञ्चालनमा आउने भएका छन् । सञ्चार मन्त्रालयले केहि वर्षको लागि फ्रिक्वेन्सी वितरण कार्यलाई रोकेका कारण रेडियोले अनुमति नपाएको भएपनि भर्खरै त्यो कामलाई निरन्तरता दिएसँगै देशभरबाट सयौँ रेडियोहरुले सञ्चालनको लागि अनुमति पाएका छन् । जस अनुसार दैलेखमा रेडियो ज्वाला सामुदायिक, रेडियो मध्यपहाड सामुदायिक एफ.एम र रेडियो दुल्लु सामुदायिक एफ.एमले सञ्चालन अनुमति प्राप्त गरेका छन् । दैलेखमा २०६४ साल मंसिर ५ गतेका दिन पहिलोपटक रेडियो पञ्चकोशी सामुदायिक एफ.एमले आफ्नो प्रसारणसुरु गरेको थियो । जिल्ला विकास समिति स्थानीय विकास कोष, नारायण नगरपालिका तथा जिल्लास्थित विभिन्न गाउँ विकास समितिहरुको सहयोगमा सञ्चालित उक्त रेडियोले आफ्नो प्रसारणलाई दिर्घकालिन बनाउन नसकेपनि आम श्रोताहरुलाई रेडियोप्रति आकर्षित बनाउने र दैलेखमा पत्रकारिताको विकासलाई उल्लेख्य टेवा दिने काम गरेको पत्रकार गोविन्ददेव भारतीले बताए । त्यो संग संगै प्रसारण अनुमति पाएको रेडियो दैलेख एफ.एम अहिलेसम्म पनि प्रसारणमा आउन सकेको छैन भने २०६६ पौष ६ गतेदेखि आफ्नो प्रसारण सुरु गरेको रेडियो ध्रुवतारा सामुदायिक एफ.एमले अहिलेसम्म बिद्युतिय माध्यमको रुपमा जिल्लामा सञ्चार प्रवाह गरिरहेको छ । तर, अहिले स्थापना हुन थालेका ३ वटै एफ.एमहरु छिट्टै सञ्चालनमा आउन लागेको ति रेडियो सञ्चालक समितिहरुले जानकारी दिएका छन् । रेडियो ज्वाला एफ.एमको लागि आवश्यक सामग्रीहरु माग भईसकेको र स्टुडियो तथा टावर निर्माणको काम तिव्र गतिमा भइरहेकोले दशैँ अगावै सञ्चालनमा आउने बताइएको छ भने दुल्लु एफ.एम र मध्यपहाड एफ.एम सञ्चालनको कार्य पनि अगाडि बढेको छ । रेडियो ज्वाला एफ.एमको स्टुडियो दैलेख सदरमुकाममा र टावर दैलेख–सुर्खेत सिमानामा पर्ने रानिमत्तामा राख्ने गरी स्वीकृती पाएकोले यो रेडियोले मध्य, सुदुर तथा अन्य क्षेत्रका गरी करिव ३६ वटा जिल्लामा आफ्नो पहुँच पु¥याउन सक्ने इन्जिनियर रदिप महर्जनले बताए ।