प्रतितपत्र

नेपाली शब्दकोश अनुसार "विश्वास दिलाउनका निम्ति लेखेको पत्र विश्वास पत्र"

अन्तरराष्ट्रिय ब्यापारमा बैङ्कमार्फत कागजपत्रका आधारमा भुक्तानी दिने प्रकृयालाई प्रतितपत्र भनिन्छ । प्रतितपत्र भनेको आयातकर्ताको तर्फबाट स्थानीय बैङ्कले निर्यातकर्ताको स्थानीय बैङ्कबाट निर्यातकर्ताले निर्यात गरेको सामानको मुल्य भुक्तानी गर्ने बैङ्क जमानतपत्र हो । आजको विश्व ब्यापारमा प्रतितपत्र खोलेपछी मात्र निर्यातकर्ताले सामान पठाउन सुरु गर्दछ । बैङ्क तथा बित्तिय संस्था ऐन, २०७३ मा दिइएको परीभाषा अनुसार प्रतितपत्र भन्नाले "कुनै एक बैङ्क वा बित्तिय संस्थाले अर्को बैङ्क वा बित्तिय संस्थाको नाममा कुनै ब्यक्तीको निश्चित रकमले खामेसम्मको चेक, ड्राफ्ट, वा बिनिमयपत्र स्विकार गर्नु भनी लेखेको पत्र सम्झनु पर्दछ ।" यस प्रकार निर्यातकर्ताको आफ्नो कारोबारको मुल्य भुक्तानी गर्न दुई देशको बैङ्क बिच खाताखोली बैङ्क जमानी बसी कारोबार गरेको पत्र नै प्रतितपत्र हो । [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. बैङ्क तथा बित्तिय संस्था ऐन २०६३, नेपाल सरकार।