प्रकाश सायमी एक नेपाली चलचित्र निर्देशक, लेखक र निर्माता हुन्। उहाँ एक स्वतन्त्र चलचित्र निर्माता हुनुहुन्छ र हालसम्म उनले छ वटा मुख्यधाराका नेपाली चलचित्रहरू निर्देशित गरेका छन्। उहाँ अहिले उज्यालो नेटवर्कबाट प्रसारित हुने कार्यक्रम 'अजर अमर गीतहरू' मा काम गर्दै हुनुहुन्छ। [१]

प्रकाश सायमी
जन्म (1965-03-21) २१ मार्च १९६५ (उमेर ५९)
काठमाडौं, नेपाल
पेशालेखक, चलचित्र निर्देशक

सन् १९८६ देखि उनले धेरै व्यावसायिक नेपाली चलचित्रहरूमा सहायक निर्देशक र पटकथा लेखकको रूपमा काम गरेका थिए। उनले सन् १९९३ मा निर्देशकको रूपमा पदार्पण गरेका थिए। सन् २००८ मा प्रकाश नेपालको सङ्गीत रोयाल्टी समाजको उपाध्यक्षमा निर्वाचित भए जसको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सङ्गीतकारको प्रतिलिपि अधिकार सुरक्षित गर्नु हो। सायमीले मुम्बईमा चलचित्र निर्माणको विषयमा अध्ययन गरेका थिए।

लेखकको रूपमा उनले ११ वटा नेपाली र अङ्ग्रेजी भाषामा पुस्तकहरू लेखेका थिए जसमा चलचित्र 'कला र प्रविधि', 'वर्षादी दिनहरू', 'काठमाडौं सेल्फी', 'नेपाली सङ्गीतको एक शतक', 'सङ्गीतको स्वर्णिम युग', 'फिल्म निर्माण र निर्देशन', 'गालिबको चिहान', 'अनन्त यात्रा', 'संस्करण, रे: सिनेमा अफ द म्यान (अङ्ग्रेजी) रहेका छन्। उनले छ वटा नेपाली र एक मैथिली चलचित्र निर्देशित गरे जसमा 'पृथ्वी', 'सिमाना', 'अवतार', 'रानीखोला', 'जमिन र हतियार', 'हंसा चलल परदेश' (मैथिली) रहेको छ। उनले नेपाली कविताहरू समेत रेकर्ड गरेका छन्।

करियर सम्पादन गर्नुहोस्

प्रकाश सायमीले सन् १९९४ मा 'पृथ्वी' नामक चलचित्रबाट निर्देशन क्षेत्रमा हात हालेका थिए। त्यसपछि उनले 'सिमाना' नामक चलचित्रको निर्देशन गरेका थिए। 

पुस्तकहरू सम्पादन गर्नुहोस्

  • अनन्त यात्रा (कविता) (सन् १९८५)
  • रे: म्यान अफ सिनेमा (सन् १९९७)
  • फिल्म निर्माण र निर्देशन (सन् १९९७)
  • नेपाली सङ्गीतको स्वर्णिम युग (सन् १९९९)
  • संस्करण (सन् २००३ )
  • ई सलाईका काँटीहरू (सन् २००२)
  • चलचित्र कला र प्रविधि (सन् १९९३)
  • नेपाली सङ्गीतको एक शतक (सन् २००९)
  • गालिबको चिहान (सन् २०११)
  • काठमाडौं सेल्फी (सन् २०१२)
  • काठमाडौं मोन्टेज (समकालीन निबन्धको सङ्ग्रह ) (सन् २०१९)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)", Ujyaaloonline.com, मूलबाट १० मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण १० मार्च २०१५ मिति