पोषण पाण्डे एक नेपाली साहित्यकार थिए। ’भिनाजुको स्वीटर’, ’कृष्णदासको भित्तेघडी’, ’राघेश्यामको साइकल’, जस्ता कैयौँ सदाबहार कथाका कथाकार पोषण पाण्डेको जन्म वि.सं. १९८९ माघ १ गते भएको थियो।[१] उनको 'आँखीझ्याल' (वि.सं. २०२१), ‘मानस’ (वि.सं. २०२५), ‘हिउँमा परेका डोबहरू’ (वि.सं. २०३२) जस्ता प्रसिद्ध कथासङ्ग्रह र कविताका कृति ‘वटवृक्षको उद्घाटन’ (वि.सं. २०२५) र ‘मनसा’ (वि.सं. २०५२) पर्दछन्। वि.सं. २००६ सालमा ‘पुरुषार्थ’ पत्रिकामा पहिलो कविता छापिएको ७ वर्षपछि वि.सं. २०१३ सालमा उनी कथालेखन तर्फ तानिएका थिए र आफूलाई उत्कृष्ट कथाकारका रूपमा स्थापित गरेका थिए।[२] उनको मृत्यु वि.सं २०४९ वैशाख ७ काठमाडौँमा भएको थियो।[३]

पोषण पाण्डे
जन्म१९८९ माघ १
काठमाडौँ, नेपाल
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाल नेपाली
शिक्षाकलामा स्नातक
उल्लेखनीय कार्यहरूमानस, वटवृक्षको उद्घाटन, आँखीझ्याल आदी
उल्लेखनीय पुरस्कारहरूमहेन्द्र प्रज्ञा पुरस्कार, २०४८

जागिरे जीवन सम्पादन गर्नुहोस्

वि.सं. २०१२ सालमा नेपाल राष्ट्र बैङ्कबाट जागीरे जीवन आरम्भ गर्दै तत्कालीन शाही नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरणमा जागिरे जीवन व्यतीत गरेका उनले तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सह–सदस्य समेत भएका थिए। [४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पोषणप्रसाद पाण्डे" (नेपाली) भाषा)। कविताकोश। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  2. "पोषण पाण्डेका कथाको मनोवैज्ञानिक परिप्रेक्ष" (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  3. "नेपाली लेखकहरूको वैयक्तिक विवरण:पोषण पाण्डे" (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  4. "मनोवैज्ञानिक साहित्यस्रष्टा : पोषण पाण्डे" (नेपाली) भाषा)। हिमालय टाइम्स। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१