पामिर राष्ट्रिय निकुञ्ज

पामिर राष्ट्रिय निकुञ्ज (ताजिक राष्ट्रिय निकुञ्जको रूपमा पनि परिचित) पूर्वी ताजिकिस्तानमा अवस्थित एक सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज तथा प्रकृति संरक्षण क्षेत्र हो। यस राष्ट्रिय निकुञ्जको स्थापना सन् १९९२ मा भएको थियो। सन् १९८९ देखि सन् १९९२ मा अनवर जे बजुरुकोव (पर्यावरण मन्त्रालय संरक्षिक क्षेत्र विभागका मन्त्री) ले पहिलो राष्ट्रिय तथा प्राकृतिक स्थापनाको दिशामा वैज्ञानिक व्यावहारिक अध्ययन तथा अन्तर्राष्ट्रिय वैज्ञानिक शिविर "पामिर-९०" को सुरुवाती योजना तथा नेतृत्व लिएका थिए। ताजिक एसएसआरमा यस राष्ट्रिय निकुञ्ज सबैभन्दा ठूलो पर्वतीय निकुञ्ज थियो। यस राष्ट्रिय निकुञ्जलाई सन् २०१३ मा विश्व सम्पदा क्षेत्रको रूपमा स्वीकृत गरिएको थियो।

ताजिक राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
स्थानताजिकिस्तान
सन्दर्भ1252rev
सूचीकृत२०१३ (? अज्ञात सत्र)
क्षेत्रफल२६,११,६७४ हेक्टर (६४,५३,५९० एकड)
निर्देशाङ्क३८°४५′५४″उ॰ ७२°१८′१९″पू॰ / ३८.७६५००°N ७२.३०५२८°E / 38.76500; 72.30528निर्देशाङ्कहरू: ३८°४५′५४″उ॰ ७२°१८′१९″पू॰ / ३८.७६५००°N ७२.३०५२८°E / 38.76500; 72.30528
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/ताजिकिस्तान" उपलब्ध छैन्.

यस राष्ट्रिय निकुञ्जलाई २० जुलाई १९९२ मा ताजिकिस्तान सरकारको निर्णय सङ्ख्या २६७ द्वारा नामाङ्कण गरिएको थियो। कुल १२ लाख हेक्टर क्षेत्रफलको साथ यो निकुञ्ज सोभियत सङ्घको सबैभन्दा ठूलो उच्च पर्वतीय निकुञ्ज थियो। त्यस परियोजना भन्दा एक वर्ष अधि ताजिकिस्तानको सरकारले शिरिकेण्ट प्राकृतिक निकुञ्जको रूपमा पहिलो निकुञ्जको स्थापना गरेका थिए जुन हाल ताजिक राष्ट्रिय निकुञ्जको रूपमा परिचित छ। यस राष्ट्रिय निकुञ्ज २६ लाख हेक्टर क्षेफलमा फैलिएको छ [१]भने यसले तानिकिस्तानको कुल क्षेत्रफल मध्ये १८% भाग ओगटेको छ जसमा पामिर पर्वतको केही भूभागहरू पनि अवस्थित छन्।[२] सन् २००१ मा ताजिकिस्तान सरकारको परियोजना सङ्ख्या २५३ को अन्तर्गत यस राष्ट्रिय निकुञ्जको क्षेत्रफल २६ लाख हेक्टर क्षेत्रफल सम्म बढाइएको थियो।

वन्यजन्तुहरू सम्पादन गर्नुहोस्

यस राष्ट्रिय निकुञ्जका केही भागहरू मरुभूमि तथा केही घाँसे मैदान रहेका छन् भने यहाँको मौसम उच्च हिमाली मौसमसँग मिल्दोजुल्दो छ। यस राष्ट्रिय निकुञ्जमा वार्षिक अौसत १२.७ सेमी पानी पर्ने गर्दछ। यस निकुञ्जमा लामो हिउँद ऋतु तथा गर्मी याममा तापक्रम मध्यम हुन्छ। यहाँका पहाड तथा उच्च भूभागहरू वर्षै भरि हिउँले ढाकिएका हुन्छन्।[३] यस निकुञ्ज भित्र पर्ने फेडचेनो हिमताल ध्रुवीय क्षेत्रको बाहिरको सबैभन्दा लामो हिमताल हो। यस राष्ट्रिय निकुञ्जमा पाइने जीवजन्तूहरू; खैरो भालु, ध्रुवीय भालु, ब्वाँसो, हिम चितुवा, भेडा आदि हुन्। सन् २००८ मा यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा क्षेत्र बनाउनका लागि युनेस्कोमा प्रस्तुत गरिएको थियो भने सन् २०१३ मा यस राष्ट्रिय निकुञ्जमा विश्व सम्पदा क्षेत्रको रूपमा स्वीकृत गरिएको थियो।[४][५]

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Памир примечателен своей природой и заповедниками", अन्तिम पहुँच ८ डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२६ मिति
  2. "Таджикский национальный парк собираются включить в Список Всемирного наследия", Центральноазиатская новостная служба, २०१३-०६-११, अन्तिम पहुँच २०१९-०५-२१ 
  3. "Pamir", InfoPlease (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ नोभेम्बर २०१८ 
  4. "Pamir alpine desert and tundra", स्थलिय पारिस्थितिक क्षेत्र, विश्व वन्यजन्तु कोग। 
  5. (अङ्ग्रेजीमा) Mount Etna and the Mountains of Pamir inscribed on World Heritage List alongside El Pinacate and Gran Desierto de Altar, whc.unesco.org, 21 June 2013.