पहरिया कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिकाको वडा नं.१ मा पर्दछ।पहरिया कञ्चनपुर जिल्लाको उत्तर पुर्वमा अवस्थित छ।

भुगोल सम्पादन गर्नुहोस्

दुई तिरबाट नदीले घेरेको यो गाँउ अति नै सुन्दर छ।यहाँ एउटा क्याम्पस र नजिकै पहरिया बजार रहेको छ।यसको पूर्वमा निगाली र पश्चिममा सुन्दरीफाँटा भन्ने ठाँउ रहेका छन।यहाँ मोटर बाटो निर्माण हुदैछ।गाँउको बिचमा बजार बिस्तार हुदै गईरहेको छ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यो ठाँउको अर्थतन्त्र मुख्यतया कृर्षिमा आधारित छ।आजभोली अर्थोपार्जनको लागि धेरै युवाहरू मलेसिया लगाएतका देशमा जाने गरेका छन।माछापालन, कुखुरापालन व्यावसायले पनि बिस्तारै लोकप्रियता पाईरहेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्