जानकी मन्दिर

जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ
(नौलखा मन्दिरबाट अनुप्रेषित)

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । [१] [२] [३] नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । विदेह राज्यको १,४८० वर्ग मिटर (१५,९३० वर्ग फिट) क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रंगमा निर्मित, यो ढुङ्गा र संगमरमरले बनेको तीन तले संरचना हो।[४] मन्दिरको भित्तामा मिथिला कला(मधुबनी) चित्रहरू छन्। यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्काशी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ।

जानकी मन्दिर
जानकी मन्दिर
प्राथमिक विवरण
स्थान:जनकपुर
सम्बन्धनहिन्दुत्व
जिल्लाधनुषा
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारहिन्दु,राजपुत
निर्माताराजकुमारी वृषभानु कुँवरी
अवस्थिति७८ मी (२५६ फिट)

प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारतको मध्य प्रदेश स्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकीधाम ।

रामायणका अनुसार राजा जनकले मिथिलाको तत्कालीन राजधानी जनकपुर क्षेत्रबाट विदेह राज्यमा शासन गरेका थिए। उनकी छोरी, जानकी (सीता), आफ्नो स्वयमवर (दुलहा छनोट समारोह) को समयमा, रामलाई आफ्नो पतिको रूपमा रोजिन्, र अयोध्याकी रानी बनिन्। उनीहरुको विवाह समारोह ५औँ शताब्दीमा यस मन्दिरसँग जोडिएको पुरातन विवाह मण्डपमा भएको मानिन्छ, जसलाई पछि अमरसिंह थापाले मर्मतका लागि पुनर्निर्माण गरेका थिए ।यो साइटलाई सन 2008 मा युनेस्को अस्थायी साइट को रूप मा नामाकरण गरिएको थियो।[५]

इतिहास

यो मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारीकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो । जानकी मन्दिर मुगल शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्त्वपूर्ण बनाउँछ । यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहि आएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । यो नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो मन्दिर हो ।[६] मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम-जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ । वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम-जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।[७]

तीर्थयात्रीहरू

प्रत्येक वर्ष नेपाल लगायतका मुख्य गरी अन्य दक्षिणी एसियाली मुलुकहरू जस्तै भारत, श्रीलङ्का बाहेक अन्य राष्ट्रहरूका हजारौंका संख्यामा तीर्थयात्री यस जानकी मन्दिरको दर्शन तथा अवलोकन गर्न आउने गर्दछन् ।

फोटोहरु

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

  1. "Here's what you can do when you are in Janakpur" 
  2. "Ram Janaki Temple" 
  3. "Janakpur Dham" 
  4. "Janaki Mandhir", Lonely planet, ३० जुलाई २०१७, अन्तिम पहुँच ३० जुलाई २०१७ 
  5. "Ram Janaki Temple" 
  6. "जानकी मन्दिर परिचय", जिविस धनुषा 
  7. "हाम्रो सम्पदा : आस्थाको केन्द्र जानकी मन्दिर", कान्तिपुर 

बाह्य कडीहरू