नेपाल औद्योगिक विकास निगम
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख आवश्यक जानकारीहरुको अभावमा अर्थ विहिन हुन गएकाले, तपाईले यस पृष्ठसँग सम्बन्धित आवश्यक जानकारी थप गरि विकिपिडियालाई सहयोग गर्न सक्नु हुनेछ। ज्ञानबाकसमा संस्था सम्बन्धी जानकारी राख्नका लागि अनुरोध गर्दछौं। |
नेपाल औद्योगिक विकास निगम लिमिटेड नेपाल राष्ट्र बैङ्कको वर्गिकरण अनुसार "ख वर्ग"मा पर्ने एक बैक हो। यो नेपाल सरकारको स्वामित्वमा सञ्चालित संस्थान थियो । यो उद्योग मन्त्रालयको मातहतमा सञ्चालित संस्थान हो । नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ अनुसार यो संस्था बनेको हो ।
नेपाल औद्योगिक विकास निगम | |
---|---|
प्रकार | 'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था |
अनियमितता सम्पादन गर्नुहोस्
बैङ्कमा कर्मचारी भर्ना गर्दा भएको अनियमितता, बैठक भत्तालगायत अन्य भत्ता भुक्तानीमा अनियमितता, उप-दान कोषबाट अनियमित रूपमा रकम भुक्तानी, शेर्पा आउटडोर गुड इन्डस्ट्रिज (काजी शेर्पा समेत), होटल एभरेस्ट इन्टरनेसनल लिमिटेड, भृकुटी पल्प एन्ड पेपर लिमिटेड, पुष्पा बानियाँ र राजाराम बानियाँ (हाउजिङ लोन), हिमशिखर कार्पेट उद्योग प्रालि, श्रीराम सुगर मिललगायत संस्थामा गैरकानुनी रूपमा ऋण लगानी गरेको, मिनाहा दिइएको, ऋण पुनःसंरचना गरेको, कम्पनी रजिस्ट्रारको कार्यालयलाई कानुनबमोजिम बुझाउनुपर्ने विवरण निर्धारित समयमा नबुझाए बापत तिरेको जरिवाना संस्थाबाट तिरेर नोक्सान पुर्याएको, व्यवस्थापक वा सञ्चालक समितिको नियुक्ति मापदण्ड विपरीत भएको थियो ।[१]
विलय सम्पादन गर्नुहोस्
नेपाल सरकारले २०७३ माघ १४ गते (नेपाल औद्योगिक विकास निगम लिमिटेड) एन.आई.डिसीलाई राष्ट्रिय वाणिज्य बैङ्कमा गाभ्ने निर्णय गरेपछि दुई बैङ्कका ३/३ जना प्रतिनिधि रहने गरी निर्मलहरि अधिकारीको संयोजकत्वमा २०७३ फागुन ६ गते संयुक्त मर्जर समिति गठन भएको थियो ।
राष्ट्रिय वाणिज्य बैङ्क र एन.आई.डिसी डेभलपमेन्ट बैङ्कले एकीकृत कारोबार थालेका छन् ।