नीलकण्ठ उप्रेती नेपालका पूर्व प्रमुख निर्वाचन आयुक्त हुन् ।[१] उप्रेती चैत्र ११ गते दोश्रो कार्यकालका लागि प्रमुख निर्वाचन आयुक्तको रूपमा नियुक्त भएका हुन् । [२]

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती
नीलकण्ठ उप्रेती
प्रमुख निर्वाचन आयुक्त
कार्यकाल
१२/११/२०६९–०२/०१/२०७२
पूर्वाधिकारीश्री भोजराज पोखरेल
उतराधिकारीडा. अयोधीप्रसाद यादव

पश्चिम नेपालको पर्वत जिल्लामा जन्मेका नीलकण्ठ उप्रेतीले २०२५ सालमा चितवनको गीतानगरस्थित अरुणोदय माविबाट द्वितीय श्रेणीमा एसएलसी गरेपछि राजधानी छिरी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । बेलायतको स्टाफोर्डसायर विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा एमएस गरे । निर्वाचनका सबै प्रक्रिया कागजी फाइल र लिखितममा चलेको आयोगलाई 'डिजिटलाईज्ड' गर्ने अभियन्ता हुन् उप्रेती ।[३]

अफगानिस्तानमा राष्ट्रपतीय संसदीय तथा राज्य परिषद्को निर्वाचनका दौरान संयुक्त राष्ट्रसंघले उप्रेतीलाई त्यहाँ वरिष्ठ निर्वाचन समन्वयकर्ताका रूपमा कार्य गर्न नियुक्त गरेको थियो । उनले डानिडाका तर्फबाट निर्वाचन आयोग नेपालका लागि आयोजना व्यवस्थापक÷वरिष्ठ निर्वाचन सल्लाहकारका रूपमा सन् १९९९ र २००४ मा कार्य गरेका थिए । सो अवधिमा उन निर्वाचन आयोगलाई विकेन्द्रीकरण गर्न र क्षेत्रीय कार्यालयको स्थापना र क्षमता अभिवृद्धिमा सक्रिय रूपमा सहभागी भएका थिए। उनका महत्त्वपूर्ण योगदानमा निर्वाचन आयोगको क्षमता अभिवृद्धि तथा निर्वाचन दर्ता प्रणालीमा सुधार दुई मुख्य हुन् । सन् १९९० मा नेपालमा प्रजातन्त्र पुनस्र्थापना हुँदा उप्रेती योजना बनाउने र निर्वाचन व्यवस्था गर्नेमा सक्रिय रूपमा सहभागी भए । उनले मतदाता दर्ता प्रणालीको स्वरुप निर्माण गर्नुभयो जसअनुसार व्यावसायिक टोलीले मतदाता नामावली तयार पार्ने पुरानो प्रणालीलाई सन् १९९६ मा कम्प्युटरमा आधारित एकीकृत मतदाता डाटाबेस प्रणालीमा परिवर्तन गरे । यसलाई नेपालमा मतदाता नामावली तयार पार्ने धार परिवर्तन भएको मानिन्छ । आयोगमा सन् १९९६ देखि चलिरहेको कम्प्युटरमा आधारित मतदाता नामावली अद्यावधिक गर्ने र प्रशोधन गर्ने कार्यको श्रेय उप्रेतीलाई जान्छ । सन् १९९० पछिका नेपालका पाँचवटै निर्वाचनको योजना तुर्जमा, व्यवस्थापन र कार्यान्वयनमा विभिन्न पदमा उनको सहभागिताले उनलाई अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक निर्वाचन विज्ञका रूपमा विकास गर्ने अवसर दियो । सन् १९९७ देखि २००४ सम्म उप्रेतीले संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, डेनमार्क र संयुक्त अधिराज्यको कानुनी प्रावधान र निर्वाचन व्यवस्थापन प्रणाली अध्ययन गरेका थिए । उनले लंका, भारत, बङ्गलादेश, जोर्डन, इजरायल, प्यालेस्टाइन र लेबनानमा पनि निर्वाचन प्रक्रिया र निर्वाचनको अध्ययन र अवलोकन गरेका छन् ।[४]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्