नार्पा भूमि गाउँपालिका
(नार्फु गाउँपालिकाबाट अनुप्रेषित)
नार्फु गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका नार र फू गाउँ विकास समितिहरूलाई समेटेर नार्फु गाउँपालिका बनाइएको हो ।[३][४] नार्फु गाउँपालिकाको क्षेत्रफल ८३७.५४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ५३८ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा नाशोङ गाउँपालिका र चीन, पश्चिममा नेस्याङ गाउँपालिका र मुस्ताङ जिल्ला, उत्तरमा मुस्ताङ जिल्ला र चीन र दक्षिणमा चामे गाउँपालिकासम्म छ ।[५]
नार्फु | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | मनाङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | मिङमाछिरिङ लामा (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | फुर्पाजोम्पा लामा (नेपाली कांग्रेस) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ८३७.५४ किमी२ (३२३.३८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५३८ |
• घनत्व | ०.६४/किमी२ (१.७/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६६ |
केन्द्र | साविकको नार गाविसको कार्यालय |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।