धनुषचन्द्र गौतम (वि.सं. १९८९ - वि.सं. २०६३) साहित्यकार हुन्। उनलाई ध.च. गोतामेका नामले पनि चिनिन्छ।

धनुषचन्द्र गौतम
जन्मवि.सं. १९८९
महोत्तरी जिल्ला
मृत्युवि.सं.२०६३
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा,साहित्यकार
उल्लेखनीय कार्यहरूघामका पाइलाहरू(उपन्यास)
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार वि.सं.२०३५ , साझा पुरस्कार वि.स.२०३५, वि.स. २०४२
आफन्तहरूभाइ ध्रुवचन्द्र गौतम
धर्महिन्दु

जीवनी सम्पादन गर्नुहोस्

धनुषचन्द्र मनहराकट्टी गाउँ, महोत्तरी जिल्लामा बाबु गोविन्दचन्द्र गौतम तथा आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. १९८९ सालमा जन्मेका हुन्। उनले नेपालीमा एम्.ए. गरेका थिए।

कृतिहरू सम्पादन गर्नुहोस्

उनको पहिलो रचना वि.सं. २००३ तिर सेवा मासिक, वीरगंजमा 'पर्दा' शीर्षकको कथा प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरूः
१. घामका पाइलाहरू (उपन्यास, वि.सं. २०३५)
२. यहाँदेखि त्यहाँसम्म (उपन्यास, वि.सं. २०४२)
३. नेपालको इतिहास
४. कालान्तर (संस्मरण सङ्ग्रह, वि.सं. २०५३)
५. सम्झनाका गल्छेडाहरूमा (वि.सं. २०५५)
६. तिन बास (वि.सं. २०५८)
७. उत्तरोत्तर (वि.सं. २०५९)
उनले बाछिटा (दैनिक) र फिलिङ्गो (साप्ताहिक)को सम्पादन गरे। उनका लेख, निबन्ध, कविता, कथा, समालोचना र हास्यव्यंग्यात्मक निबन्ध विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन्।

पुरस्कार सम्पादन गर्नुहोस्

उनी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव पनि भएका थिए।

निधन सम्पादन गर्नुहोस्

उनको वि.सं. २०६३ सालमा काठमाडौंमा निधन भयो।

सबै हेर्नुहोस् सम्पादन गर्नुहोस्

नेपाली लेखकहरूको सूची

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्