थाम्पालकोट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थाम्पालकोट गाविस जिल्लाको उत्तरी भेगामा अवस्थित छ। जिल्ला सदरमुकामबाट ११ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २१.९५ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा गोल्चे पश्चिममा बरुवा उत्तरमा भोताङ र दक्षिणमा गुन्साकोट गाविस पर्दछ। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविमा अधिकांश तामाङ तथा क्षेत्रीहरू बसोबास गर्दछन्। यस गाविसमा चिसो हावापानी पाइने भएकाले प्रमुख कृषिबालीमा आलु फापर तथा कोदो पाइन्छ। पशुपालनमा यस गाविसको उल्लेखनीय प्रगती छ। उर्जा उत्पादनमा सकि्रयता देखिएको यस गाविसमा हाँडीखोला द्वितिय लघुजलविद्युत परियोजना हाँडीखोला तृतीय लघुजलविद्युत परियोजना र चिलाउने पेल्ट्रिक सेट परियोजना अन्तर्गत १० ओटा SHS जडान गरिएको छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसमा कुल ६१४ घरपरिवार मध्ये कुल जनसङ्ख्या २७८६ थियो। [१]

थाम्पालकोट
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "थाम्पालकोट", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्