विश्व इतिहासमा ढुङ्गे युग वा पाषाण युगले मानव र मानव समाजको विकासको एउटा चरणलाई बुझाउँछ। यस युगका मानिसहरूले औजार बनाउनका लागि मुख्य सामग्री ढुङ्गा थियो। उदाहरणका लागि ढुङ्गाको सहायतले शिकार गर्न, ढुङ्गाको गुफाहरूमा शरण लिन, ढुङ्गाबाट आगो निकाल्न इत्यादि। यसको युयका तीन चरणहरू; पुरापाषाण काल, मध्यपाषाण काल र नवपाषाण काल हन्। ४ लाख वर्षसम्म चलेको यो युग ईसा पूर्व ४,००० देखि ईसा पूर्व २,००० सम्म, धातुद्वारा बनाइने औजारहरूको आगमनसँगै समाप्त भएको थियो।[१] तथापि, ढुङ्गे औजारहरू पाषाण युगको एक मात्र पहिचान गर्ने विशेषता भने होइन। दुर्लभ भएतापनि काठ तथा जीवजन्तूहरूको हाडबाट बनेका औजारहरू प्रयोग गरिएका उदाहरणहरू पनि भेटिएका छन्।यस समयमा सुनबाहेक अन्य कुनै पनि धातुको प्रयोग अज्ञात थियो।[२] पाषाण युग प्रविधिको व्यापक प्रयोग र पूर्वी अफ्रिकाको सभाना क्षेत्रबाट बाँकी विश्वमा मानिसहरूमाझ सुरु भएको थियो। पाषाण युगको अन्त्य कृषिमा नवीनता, जीवजन्तू पाल्ने तथा तामाको खनिज पग्लेर तामा निकाल्ने कार्यसँगसँगै भएको थियो। यस युगमा लेखनको आविष्कार हुन नसक्नु र मानव समाजको लिखित इतिहास संरक्षित नहुनुले गर्दा यस अवधिलाई प्रागैतिहासिक काल पनि भनिन्छ।[३]

भीमबेटका स्थित पाषाणकालीन शैल चित्र

ढुङ्गे युगमा बनाइएका कलाकृतिहरू र पत्ता लगाइएका सामग्रीहरूमा आधुनिक मानवहरूले प्रयोग गर्ने उपकरण, होमो जातिका पूर्ववर्ती प्रजातिहरूद्वारा र सम्भवतः पहिलेका आंशिक समकालीन जेनेरा अस्ट्रेलोपिथेकस र पारान्थ्रोपसद्वारा प्रयोग गरिएको उपकरणहरू समावेश छन्। यस अवधिमा पनि प्रयोग गरिएका हाडका औजारहरू पत्ता लागेता पनि पुरातात्विक अभिलेखमा यी उपकरणहरू विरलै संरक्षित छन्। ढुङ्गे युगमा प्रयोगमा रहेका ढुङ्गे औजारका प्रकारहरूले यस युगलाई थप विभाजित गरिएको छ।

ढुङ्गे युग मानव प्राविधिक प्रागितिहासको समयरेखालाई कार्यात्मक अवधिहरूमा विभाजन गर्न पुरातत्वमा प्रायः प्रयोग गरिने त्रीयुग प्रणालीको पहिलो अवधि हो। त्यसपछिका दुई क्रमशः काँस्य युग र लौह युग हुन्। यस युगलाई सामान्यतया तीन फरकफरक अवधिहरूमा विभाजित गरिएको छ जसमध्ये सबैभन्दा सुरुको आदिम पुरापाषाण युग, सूक्ष्म उपकरणहरूको साथ एक सङ्क्रमणकालीन अवधि; मेसोलिथिक युग र अन्तिम चरणलाई नियोलिथिक युगको रूपमा चिनिन्छ। कृषिकर्मले व्यापकता पाएसँगै नवपाषाण युगका मानिसहरू शिकार-सङ्कलनकर्ता समाजहरूबाट टाढा, सहर र गाउँहरूमा बसोबास गर्दै स्थिर जीवनशैलीमा परिवर्तन गर्ने पहिलो व्यक्ति थिए। प्रागितिहास कालक्रममा नवपाषाण युग सामान्यतया कांस्य युग भन्दा पहिलेको ताम्रपाषाण युगसँग सामेल हुन्छ।

ऐतिहासिक महत्त्व सम्पादन गर्नुहोस्

ढुङ्गे युग होमो वंशको विकाससँग समकालीन भएतापनि होमो भन्दा पहिलेका प्रजातिद्वारा निर्मित उपकरणहरू यसको अपवादमा पर्न सक्छन्। भेटिएको प्रमाणको उमेर र स्थान अनुसार यस प्रजातिको पालना घाँसे मैदानले घेरिएको पूर्वी अफ्रिकी दरार प्रणाली अन्तर्गत इथियोपियाको उत्तरमा भएको हो।[४] ढुङ्गे युग मानवको अन्य जीवित प्राथमिकवर्ग मध्ये सबैभन्दा नजिकको नातेदार वनमान्छे प्रजाति थियो भने उक्त प्रजातिले एउटा शाखाको प्रतिनिधित्व गर्दै घना जङ्गलमा बास गर्दथ्यो जहाँबाट प्राथमिकवर्गको विकसित भएको थियो। उक्त अफ्रिकी दरारले दक्षिणी र उत्तरी अफ्रिकामा नाइल नदीको उत्तर र एसियाको विशाल घाँसे मैदानहरूको ऐतिहासिक पूर्व-भूमध्यसागरीय क्षेत्रमा दरारको निरन्तरताको माध्यमबाट नालीको रूपमा काम गरेको थियो। लगभग ४० लाख वर्ष पहिलेदेखि सुरु भएको एउटा जैवक्षत्रले दक्षिण अफ्रिकी दरारबाट उत्तरी अफ्रिका र एसियाहुँदै आधुनिक चीनसम्म आफूलाई स्थापित गरेको थियो।[५] दरारको घाँसे मैदानबाट सुरु भएको आधुनिक मानवको पूर्ववर्ती होमो इरेक्टसले उपकरण-निर्माताको रूपमा एक पारिस्थितिकीय स्थान फेला पार्दै बसोबास गर्न थालेको थियो।[६]

प्राचीन ढुङ्गे युग सम्पादन गर्नुहोस्

यस अवधिलाई मूलतः उषा पाषाण युगको अर्को चरण पनि भनिन्छ। यस अवधिमा सबै मानिसहरूले ढुङ्गाबाट बनेका औजारहरू प्रयोग गर्ने गर्दथे। इसापूर्व १ लाख देखि लगभग ४० हजार सम्मको अवधिमा पूर्वी अफ्रिकाबाट मानव विकास पछिको लगभग १२ लाख वर्षको अवधिलाई प्राचीन ढुङ्गे युग मानिन्छ। म्यागडेलिनिय संस्कृति, हब्सी मानव, पेकिङ मानव; यी पुरापाषाण युगका महत्त्वपूर्ण संस्कृति तथा मानव समूहहरू हुन्। यस समयका मानव पूर्णरूपमा शिकार र भोजन सङ्कलनमा निर्भर थिए। यस युगका मानिसहरू खाद्य सङ्ग्रहकारी पनि भनिन्छ। शिकार उनहरूको प्रमुख पेशा थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Oldest tool use and meat-eating revealed | Natural History Museum", १८ अगस्ट २०१०, मूलबाट १८ अगस्ट २०१०-मा सङ्ग्रहित। 
  2. "Stone Age", HISTORY (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-३१ 
  3. Goody, Jack (२०१२), Metals, Culture, and Capitalism 
  4. Ko, Kwang Hyun (२०१६), "Origins of human intelligence: The chain of tool-making and brain evolution", Anthropological Notebooks 22 (1): 5–22। 
  5. Barham & Mitchell 2008, p. 106
  6. Barham & Mitchell 2008, p. 147

बाह्य कडीहरू सम्पादन गर्नुहोस्