डोरमणी पौडेल नेपालको प्रदेश नं. ३का प्रथम मुख्यमन्त्री हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएका थिए । मायानाथ र कुलकुमारी दम्पत्तिका सुपत्र पौडेलले मानविकी संकायमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय रहेका उनले २०३२ सालदेखि १० वर्ष शिक्षण गरेका थिए ।

मुख्यमन्त्री
डोरमणि पौडेल
१ औं बागमती प्रदेशको मुख्यमन्त्री
कार्यकाल
१ फेब्रुअरी २०१८ – १८ अगस्ट २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रदेश प्रमुख
पूर्वाधिकारीकार्यालय स्थापना
उतराधिकारीअष्टलक्ष्मी शाक्य
हेटौँडाको नगरप्रमुख
कार्यकाल
1992–2005
सहायकहरिबहादुर महत
पूर्वाधिकारीओमनाथ पराजुली
उतराधिकारीहरिबहादुर महत
व्यक्तिगत विवरण
जन्म (1946-03-28) २८ मार्च १९४६ (उमेर ७८)[१]
फर्पिङ, काठमाडौँ
राजनीतिक दलनेकपा (एमाले)
जीवन साथीबिजय लक्ष्मी पौडेल
जीवनवृतिराजनिती

पञ्चायती कालमा लामो समय अर्धभूमिगत जीवन बिताएका पौडेलले २०४६ सालको जनआन्दोलन ताका तत्कालिन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बिताएका थिए ।

२०३० देखि विद्यार्थी राजनीतिमा सक्रिय पौडेल चार पटक जेल र १८ पटक हिरासतमा बसेका थिए । उनी मानविकी संकायमा स्नातक हुन् । मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष रहेका उनी मुलुककै पर्यटकीयस्थल बनेको हेटौँडास्थित सहिद स्मारकका अध्यक्ष पनि थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै पौडेलले प्रदेशलाई मुलुककै समृद्ध र नमुना प्रदेश बनाउने घोषणा गरे ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "को हुन् डोरमणि र शेरधन ?", News24 Nepal (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२० मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्