ठाँटीकाँध गाउँपालिका
ठाँटीकाँध (अङ्ग्रेजी: Thathikandh) नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रेशको दैलेख जिल्लामा अवस्थित छ । [१]
ठाँटीकाँध | |
---|---|
निर्देशाङ्क: २८°५९′००″N ८१°३३′००″E / २८.९८३३३३°N ८१.५५°Eनिर्देशाङ्कहरू: २८°५९′००″N ८१°३३′००″E / २८.९८३३३३°N ८१.५५°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली |
जिल्ला | दैलेख |
वार्डहरूको सङ्ख्या | ६ |
घोषणा मिती | २०७३ फागुन २७ गते (१० मार्च २०१७) |
सरकार | |
• प्रकार | गाउँपालिका |
• अध्यक्ष | धिरबहादुर शाही (नेकपा) |
• उपाध्यक्ष | सुष्मिता सिंह (नेकपा) |
क्षेत्रफल | |
• जम्मा | ८८.२२ किमी२ (३४.०६ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १८८९६ |
• घनत्व | २१०/किमी२ (५५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
कार्यालय | लकान्द्र |
वेबसाइट | official website |
क्षेत्रफल र जनसङ्ख्या सम्पादन गर्नुहोस्
यस गाउँपालिकाको जम्मा क्षेत्रफल ८८.२२ वर्ग किलोमिटर (३४.०६ वर्ग माइल) रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जम्मा जनसङ्ख्या १८,८९६ रहेको छ । यो गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ ।[२]
स्थापना सम्पादन गर्नुहोस्
२०७३ फागुन २७ गते (१० मार्च २०१७) गतेका दिन नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा यस गाउँपालिकाको स्थापना गरेको हो । [३][४] साविकका लकान्द्र, विशाला र तोलीजैसी गाविसहरूलाई जोडेर बनाइएको यस नयाँ गाउँपालिकाको कार्यलय साविकको लकान्द्र गाविसको कार्यालयमा राखिएको छ । [२] ।बसोवासका हिसावले यस गाउँपालिकामा विभिन्न जात जातिहरू रहेको छन् । जसमा व्राहमण, क्षेत्री, दमाई, कामी, बादि, आदिवासी जनजाति आदिको वसोवास गरी आएका छन् । जसका आफ्नै भाषा भाषि छन् । जल, जमिन, जंगल, जडिवुटी, जंगली जनावर, एवम उर्वरभूमि रहेको यो गाउाँपालिका पूर्व पश्चिम उत्तर दक्षिण गोलाकार भू–धरातल भएको अनेकतामा एकता रहेको गाउँपालिका हो । यो गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको वनजंगलका कारण पानीका प्रशस्त श्रोतहरु, जडिवुटी, जंगली जनावर, तथा निलम पाइनुका साथै स्याउ खेती र अलैची, खेतीको सम्भावना समेत रहेको छ । साथै पशुपालन तथा विभिन्न तरकारी खेतीको पनि प्रशस्त सम्भावना रहेको छ ।
सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "स्थानीय तहहरूको विवरण" [स्थानिय तहहरूको विवरण], www.mofald.gov.np/en (नेपालीमा), स्थानिय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८।
- ↑ २.० २.१ "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, अन्तिम पहुँच १७ जुलाई २०१८।
- ↑ "आजबाट नयाँ स्थानियतहहरू बाँडफाँट भए", www.thehimalayantimes.com (द हिमालय टाइम्स), १० मार्च २०१७, अन्तिम पहुँच १७ जुलाई २०१८।
- ↑ "नयाँ स्थानियतहहरूको घोषणा", www.kathmandupost.ekantipur.com, ११ मार्च २०१७, अन्तिम पहुँच १८ जुलाई २०१८।