जमुनी नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको बर्दिया जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा २१७३ वटा घर छन।

जमुनी
देश नेपाल
अञ्चलभेरी अञ्चल
जिल्लाबर्दिया
जनसङ्ख्या
 (1991)
 • जम्मा९५८४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

परिचय सम्पादन गर्नुहोस्

यो एउटा चारैतिरबाट जंगल नदीनाला ले घेरेको रमणीय ठाऊँ हो। पश्चिममा भारतको बोर्डर घनाजंगल अनि पूर्वतिर मानखोला जसले बर्दिया र बाँके को सिमाना छुटाएको गाबिस धेरै मनोहर र पर्यटकिय ठाऊ हो। यस जमुनी गाबिस भित्र पर्ने गाऊहरु : सीतापुर शांतिपुर, ठुलोडांफे, सानोडांफे, थपलोट जमुनी, फुटाहा आदि हुन्। यहाँ एउटा १०+२ दुइटा हाई स्कूल तिन वटा नि.मा.बी. ४ वटा प्रा. बि एउटा बोर्डिंग स्कूल छन ! यहाँ जानको लागि नेपालगञ्जबाट सोझै डांफे जाने बसमा जान सकिन्छ। नेपालगञ्ज देखि खजुरा ओदरापुर गुनाहना सिमलघारी मानखोला कटेर भोलागौडीबाट दक्षिणतिर को नर्सरी हुदै सतपतियाको ग्रावेल बाटो हुदै १५ मिनेट पार गरेपछि जमुनी गाबिस पुगिन्छ। जमुनी गाबिसको जनताहरूको मुख्या किनमेलको बाजार भनेको भारतको बलैगाऊ जहा मंगलबार र शनिबार पुरै नेपालीहरूको भीड हुन्छ। अर्को बजार नेपालगञ्ज हो। नजिकको बजारमा भोलागौडी मैनापोखर पर्छ। समयको अंतराल संगसंगै यस गाबिसको पनि धेरै प्रगति र बिकाश भएको देखिन्छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार जमुनीको जनसङ्ख्या ११,५५८ छ।[१] यस मध्य पुरुष ४८%, र महिला ५२% छन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति