खप्तड छेडेदह गाउँपालिका
(छेडेदह गाउँपालिकाबाट अनुप्रेषित)
खप्तड छेडेदह गाउँपालिका सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित एक गाउँपालिका हो।[१] यस गाउँपालिका जिल्लाको पश्चिमी भागमा पर्दछ। बाजुरा जिल्लाका साविकका डोगडी, गुदुखाती, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविसहरूलाई मिसाएर यस गाउँपालिकाको घोषणा भएको थियो।
खप्तड छेडेदह गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°२४′२४″N ८१°१७′५६″E / २९.४०६७°N ८१.२९८९°Eनिर्देशाङ्कहरू: २९°२४′२४″N ८१°१७′५६″E / २९.४०६७°N ८१.२९८९°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बाजुरा जिल्ला |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
क्षेत्रफल | |
• जम्मा | १३५.०८ किमी२ (५२.१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,५७५ |
• घनत्व | १४०/किमी२ (३६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
वेबसाइट | https://www.chhededahamun.gov.np/ |
यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझाङ जिल्ला, उत्तरमा गौमुल गाउँपालिका र दक्षिणमा बुढिगङ्गा नगरपालिका र अछाम जिल्लासँग जोडिएको छ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा, यहाँको जनसङ्ख्या १८,५७५ रहेको थियो[२] भने यसले १३५.०५ वर्ग किलो क्षेत्र ओगटेको छ।[३]
नामकरण सम्पादन गर्नुहोस्
खप्तड राष्ट्रिय निकुञ्ज तथा छेडेदह ताल यसै क्षेत्रमा पर्ने भएकाले यसको नाम खप्तड छेडेदह राखिएको थियो।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "Ministry of Federal Affairs", अन्तिम पहुँच ६ जुलाई २०२०।
- ↑ "Ministry of Federal Affairs", अन्तिम पहुँच ६ जुलाई २०२०।
- ↑ "National Population and Housing Census 2011(National Report)", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल सरकार, २०१२, मूलबाट २०१३-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०१-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति