चम्पादेवी गाउँपालिका
कोशी प्रदेशको ओखलढुङ्गामा अवस्थित चम्पादेवी गाँउपालिकामा साविकका पलापू, कालिका, फेदीगुठ, फूलबारी, रानीवन र विलन्दू गाउँ विकास समितिलाई समेटी १० वटा वडामा विभाजित यस गाउँपालिकाको कुल १८६९१ जनसंख्या रहेको छ ।[१] यस गाउँपालिकाको क्षेत्रफल १२६.९१ वर्ग किलोमिटर रहेको छ ।[२] यस गाउँपालिकाको मुख्यकार्यालय कालिकामा रहेको छ ।[३]
चम्पादेवी
Champadevi | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ओखलढुंगा जिल्ला |
वडा संख्या | १० |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | गाउँ कार्यपालिका |
• अध्यक्ष | नवराज के. सी. (नेपाली काँग्रेस) |
• उपाध्यक्ष | निर्मला देवी रैका (नेपाली काँग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १२६.९१ किमी२ (४९�०० वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १८६९१ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३७ |
कार्यालय | कालिका |
वेबसाइट | champadevimun |
पूर्वमा सुनकोशी गाउँपालिका, पश्चिममा, लिखु गाउँपालिका र रामेछाप जिल्ला, उत्तरमा लिखु, खिजीदेम्वा र मोलुङ गाउँपालिकालाई छुदै दक्षिण तर्फ सिन्धुली जिल्लासम्म फैलिएको छ । श्री चम्पादेवीको तीनतले, ककनी, सेरलुङ थिनल, फेन्दीछोक, टाँसी छोलिङ सोनामगुम्बा, सिद्धपोखरी,कवासे थुम्का, थामडाँडा, थामचुरी, थलारी डाँडा, डल्ली डाँडा, चमेरे गुफा, वनझाक्रीँ गुफा, इसाई गुफा, कार्जु दमार, मालिङ्गेडाडाँ, भिमलदुलो आदि यस क्षेत्रको पर्यटकीय सम्भावना रहेको क्षेत्र हो ।[४] यस गाउँपालिकाभएर बग्ने सबैभन्दा ठूला नदीहरूमा सुनकोशी, लिखु र शेरा खोला पर्दछन भने साना मध्येका पत्ताले खोला, फेदीखोला, सिम्ले खोला, कालो खोला, घ्याङले खोला, पात्ले खोला लगायतका खोला गाउँपालिकाका प्राकृतिक जल सम्पदा हुन् ।[५]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति