"गाथ गोरु डाँर मारे बएला पखेव खाए बाँभनी बिटिए पवनी कारे गँवारिन बिटिए सुनि सुनि जाएँ" यस्तै कर्णप्रीय भजन र लोकगीत गाएर मुलुकको मध्यमाञ्चलका जिल्लाका थारू युवती कात्तिकमा एक लामो गौर-पवनी धुमधामसित मनाउँछन्।

गौर-पवनी

इतिहास सम्पादन गर्नुहोस्

पार्वतीले शिवलाई बर पाउन गरेको कठोर तपस्या सफल भएपछि पार्वती (गौरी) लाई आदर्श मानि गौरी-पूजा गर्ने परम्परा बसेको हो ।

जन-विश्वास सम्पादन गर्नुहोस्

योग्य वर पाउन र पतिको सुस्वास्थ्य र दीर्घायुको कामनाको लागि गरिन्छ ।

विधि सम्पादन गर्नुहोस्

यो पर्व विवाह भएको चार वर्षपछि बिसाउने गरिन्छ । व्रत बस्ने युवतीको आँगनमा उनीहरूका दाजु-भाइ अथवा मामाले जोड आकारको कलात्मक पोखरी खनिदिएपछि पोखरीको चारै कुनामा माटोको सानो भकारी र मध्य भागमा शिव लिङ्ग बनाइन्छ । ती भकारीमा गोबर्द्धन पूजाकै दिन जई, खेसरी, केराउ, गहुँ, बकुल्ला, मुसुरोजौ समेत गरी सात किसिमका अन्नको मिश्रण राख्ने गरिन्छ । व्रतको अवधिमा सवेरै स्नान गरी बाच्छीले गोब्र्याउँदै गरेको गोबरलाई भुइँमा खस्नुअघि नै आ-आफ्नो अञ्जुलीमा थाप्ने गर्छन् । आँगनमा रहेको पोखरीको सफाइ गरेर अञ्जुलीमा थापेको गोबरले लिप्छन् । अनि दैनिक शिव लिङ्गको पूजा-गरी माटोको भाँडोमा लिङ्गलाई पहेंलो कपडाले बेरेर घरभित्र लुकाई राख्ने चलन छ । पूजा गर्दा वा अन्य समयमा समेत परिवारका अन्य सदस्य र छरछिमेकले समेत शिव लिङ्ग हेर्न नहुने, हेरे अपशकुन हुन्छ भन्ने मान्यता छ । पर्वको पहिलो र अन्तिम दिन गहुँको पीठोको विशेष परिकार बगेया पकाएर किशोरीले चढाउँछन् । अन्तिम दिन आँगनमा निर्मित पोखरीका चार कुनामा रहेका भकारीभित्र एक महिनाअघि राखिएको सात थरी अन्नको उम्रिएको पालुवा बाच्छीलाई खुवाउने चलन छ । दैनिक तोरीको तेलको दियो बालेर आरति गरिने शिव लिङ्गलाई पर्वको अन्तिम दिन आ-आफ्नो पोखरीमा विसर्जन गरेपछि पर्व सकिन्छ।

ग्यालरी सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सुत्र सम्पादन गर्नुहोस्