गजुरी गाउँपालिका
गजुरी, नेपालको बागमती प्रदेशको धादिङ जिल्लामा पर्ने एक गाउँपालिका हो। यो गाउँपालिका पृथ्वी राजमार्गसँग जोडिएर रहेको छ। तत्कालिन गजुरी गाउँ विकास समिति लगायत किराञ्चोक र पिडा मिलाएर गजुरी गाँउपालिका घोषणा गरिएको हो।[२] राजधानी काठमाडौँबाट करिब ७२ किलोमिटर पश्चिममा पर्ने यस स्थान पञ्चायतकालमा पनि एक प्रमुख स्थानमा पर्दथ्यो। यो धादिङ जिल्लाको सदरमुकाम धादिङ्गबेसी पछि रहेको एक प्रमुख स्थान हो। गजुरीबाट सदरमुकाम करिब २५ किलोमिटरको दुरीमा पर्दछ। तत्कालिन समयमा एउटा शान्त गाउँका रुपमा रहेको यस स्थान अहिले विस्तारै शहरीकरण तर्फ उन्मुख हुँदै गइरहेको छ। वर्तमान समयमा यहाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् भने विभिन्न बोर्डिङ्ग स्कूलहरू पनि खुलेका छन्। पृथ्वी राजमार्गले विचमा चिरेको यो सहरका भित्री भागहरूमा पनि शाखा बाटोहरू खुलेर घरहरू बन्ने क्रम जारी छ। त्रिशुली नदीको किनारमा रहेको यो स्थान समुद्र सतहबाट करिब ५०० मिटरको उचाइमा रहेको छ।
गजुरी | |
---|---|
निर्देशाङ्क: २७°४६′N ८४°५१′E / २७.७७°N ८४.८५°Eनिर्देशाङ्कहरू: २७°४६′N ८४°५१′E / २७.७७°N ८४.८५°E | |
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ३ |
जिल्ला | धादिङ जिल्ला |
सरकार | |
• अध्यक्ष | राजेन्द्रविक्रम बस्नेत (नेकपा) |
• उपाध्यक्ष | सीता ढुङ्गाना (नेकपा) |
क्षेत्रफल | |
• जम्मा | १३८.६६ किमी२ (५३.५४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०१७)[१] | |
• जम्मा | २७,०८४ |
• घनत्व | २००/किमी२ (५१०/वर्ग माइल) |
• धर्मावलम्बी | हिन्दु मुसलमान बौद्ध |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४५११२ |
क्षेत्रीय सङ्केत | ०१० |
साक्षरता दर | ६४.२८% High |
वेबसाइट | http://gajurimun.gov.np |
भूगोल सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "Local Elections 2074 - Election Results Overview - Dhading - Gajuri" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-०२।
- ↑ "यसरी २ नगर र ११ गाउँपालिकामा बाँडिनेभयो धादिङलाई (स्पष्ट नक्सासहित)", Sajhapost, Nov ११, २०१६। वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३, २०१९ मिति