ख्रीष्टडेल्फीयनस - ग्रिक भाषामा ख्रीष्टडेल्फीयनस भन्नाले “प्रभूमा दाजुभाइ दिदीबहिनी” भन्ने बुझिन्छ । यस ख्रीष्टडेल्फीयनस् झुण्ड सन् १८४८ मा स्थापित भएको थियो । अIज यस झुण्ड १२० राष्ट्रहरूमा छन् यस भित्र ५५,००० विश्वासीहरू सेवकाइ गर्दछन् ।[१] ख्रीष्टडेल्फीयनसहरूले येशू ख्रीष्ट संसारमा अIउनुहुनेछ र यरूशलेमम देखि संसार भरी राजा भएर राज्य गर्नुहुनेछ भनि सीकाउँछन् । यो राज्यमा सबै भाषा र जाति जतिहरू शान्तिमा रहनेछन् र उहाँका पिता परमेश्वरका बारेमा बुझ्नेछन् र सिकाउनेछन् । ख्रीष्टडेल्फीयनसहरू पुराना विचार र प्रचलित ख्रीष्टीयन विश्वास जसले अत्माले नरकमा कठोर कष्ट पाउँछ र स्वर्ग जान्छ भन्ने सिकाउँछ ति कुरासंग सहमत हु्ँदैनन् । तिनीहरू ति मानिसहरू हुन जसले बाइबलमा त्यसता कुराहरू लेखीएका छैनन भन्ने बुझेका छन । उनीहरू परम्परागत तथा प्रचलित शिक्षा जस्तै त्रिएक परमेश्वरलाइ पनि ग्रहण गर्दैनन् अथवा प्ररभू यशु जन्मनु पू्र्व स्वर्गमा हु्नुहुन्थ्यो भन्ने पनि मान्दैनन । उनीहरूले यशू दुवै मानिसका पूत्र जो अदामका वंश, अब्राहम र दाउदका वंश हुनुहुन्छ भनि स्वीकार्छन । साथै उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ जो अचम्मसँग पवित्र अ।त्माको शक्तिले कन्या मरियमको कोखबाट जन्मनुभयो भन्ने स्वीकार्छन । प्रभू ख्रीष्टका एक मात्र पिता जो परमेश्वर पिता हुनुहुन्छ भन्ने कुरा सीकाउँछन ।

ख्रीष्टडेल्फीयनस, Christadelphian Hall, Bath, England

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. BBC Christadelphians