खोले एक प्रकारको पुरानो नेपाली खाना वा तरकारीको परिकार हो । खोले परिकारलाई गरिबहरूले खाने खानाका रूपमा नेपाली समुदायमा हेर्ने गरिन्छ ।

खोले
प्रकारखाना परिकार
उत्पत्ति स्थाननेपाल
सम्बन्धित राष्ट्रिय व्यञ्जननेपाल
मुख्य सामग्रीहरूपिठो, सागपात, सिस्नु, नुन, पानी, खुर्सानी आदि ।

साथै गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पीठोलाई पकाएर बनाइएको बाक्लो झोल तथा कुँडोलाई पनि खोले भन्ने गरिन्छ ।

बनाउने तरिका सम्पादन गर्नुहोस्

मकैको पीठो, कनिका, सागपात, सिस्नु आदि मिसाएर आवश्यक रूपमा नुन, खुर्सानी हाली पानीमा केही बेर उमालेर खोले बनाइन्छ । विशेषगरि खोले सिस्नो पानी उमालेर नुन हाली पनि तयार पारिन्छ ।

प्रयोग सम्पादन गर्नुहोस्

यो खोले कष्टले जीवननिर्वाह गर्ने दुःखी तथा अत्यन्तै गरिब वर्गहरूले तरकारीको रूपमा प्रयोग गर्ने गर्दछन् ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्