खुल्ला डाटा खुलेर प्रयोग, पुनः प्रयोग र जोकोही द्वारा पुनः वितरण गर्न सकिने डाटा हो - बढिमा मुल स्रोत उल्लेख गर्ने र मुल स्रोत जसरि नै वितरण हुनुपर्ने गरि।

सबैभन्दा महत्त्वपूर्ण संक्षेपत प्रस्तुत गर्न, पूर्ण खुल्ला परिभाषाले सटीक विवरण र त्यसको मतलब दिन्छ।

  • उपलब्धता र पहुँच: डाटा पूरा उपलब्ध हुनु पर्दछ, पुनः उत्पादन मुल्य भन्दा बढी लिनुहुन्न र इन्टरनेटबाट डाउनलोड गर्नुलाई प्राथमिकता दिइनुपर्दछ। डाटा सजिलो र परिमार्जन गर्न मिल्ने गरी उपलब्ध हुनु पर्दछ ।
  • पुन: प्रयोग र पुन: र्वितरण: डाटा पुन: प्रयोग, पुन: र्वितरण र अरु संकलित डाटाहरूसँग मिसाउन मिल्ने गरी अनुमति दिने सर्तहरू अन्तर्गत प्रदान गरिनु पर्दछ।
  • विश्वव्यापी सहभागिता: सबैले प्रयोग, पुन:र्प्रयोग र पुन:र्वितरण गर्न पाउनु पर्नेछ र कसैको कामको पृष्ठभूमि वा कुनै व्यक्ति वा समूहलाई कुनै किसिमको भेदभाव हुनुहुन्न। जस्तै ‘गैर-व्यावसायिक’ रोक्न भनेर ‘व्यावसायिक’ प्रयोग प्रतिबन्ध लगाउने, केही उद्देश्य को लागि प्रतिबन्ध लगाउने उदहारणमा “शिक्षा लागि मात्र“ भन्ने हुनुहुन्न।

किन खुल्ला डाटा सम्पादन गर्नुहोस्

खुल्ला डाटा, विशेष गरी खुल्ला सरकारी डाटा, धेरै हदसम्म प्रयोग नगरिएको एकदमै ठूलो स्रोत हो। धेरै व्यक्ति र संघसंस्थाहरूले आफ्ना कार्यसञ्चालनका निमित्त वृहद प्रकारका डाटाहरू सङ्कलन गर्छन्। सरकारले सङ्कलन गर्ने डाटाको मात्रा धेरै र केन्द्रीकृत भएकाले साथै प्राय जसो सरकारी डाटा कानुनत: सार्वजनिक डाटा हुने भएकाले यस सन्दर्भमा सरकार अझ महत्त्वपूर्ण छ। यो किन चासोको विषय हो ?

यस्तै धेरै क्षेत्र छन् जहाँ हामी खुल्ला डाटाको महत्त्व हुने आशा राख्न सक्छौ र जहाँ पहिले देखिनै खुल्ला डाटा प्रयोग गरिएका राम्रा उदाहारणहरू पनि छन्। यहाँ धेरै विभिन्न व्यक्ति र सङ्गठनहरू छन् जसले खुल्ला डाटाको उपलब्धताबाट धेरै लाभ उठाउन सक्छन जसमध्ये सरकार आफैपनि एक हो। सँगसँगै भबिष्यमा कसरी र कहाँ सही तरिकाले खुल्ला डाटाको महत्त्व वा मूल्य बनाउन सक्छौ भन्ने कुराको अनुमान गर्न असम्भव छ। नवीनता को प्रकृति अनुरुप विकासक्रम अक्सर असम्भाव्य स्थानबाट आउँछ।

खुल्ला सरकारी डाटाले मूल्य र महत्त्वसिर्जना गर्ने क्षेत्रहरूको संख्या एकदमै ठूलो रहेको छ। तीमध्ये केही क्षेत्रहरू यसप्रकार छन्:

  • पारदर्शिता र लोकतान्त्रिक नियन्त्रण
  • सहभागिता
  • आत्म-सशक्तिकरण
  • सुधारिएको वा नयाँ निजी उत्पादन र सेवा
  • नवीनता
  • सरकारी सेवाहरूको कार्यकुशलता सुधार
  • सरकारी सेवाहरूको प्रभावकारिता सुधार
  • नीतिहरूको प्रभाव मापन
  • संयुक्त डाटा स्रोतहरूबाट नयाँ ज्ञान र ठूलो मात्राका डाटामा नयाँ स्वरुपहरू