किशोर पहाडी

नेपाली लेखक, कथाकार

किशोर पहाडी (वि.सं. २०१३ - ) विशेषत: एक साहित्यकार हुन्।  तापनि पहाडी लेखनका साथै अभिनय र निर्देशनमा पनि सक्रिय छन्। उनका कथाहरू लोकप्रिय छन्। तर कविता, यात्रा संस्मरणतिर पनि उनको विशेष पकड छ। गायनतिरको यिनको रुचि पनि अहिले बाहिर आएको छ।

जीवनी सम्पादन गर्नुहोस्

किशोरको जन्म वि.सं. २०१३ साल मंसिर २४ (तदनुसार 9 December 1956)मा भएको हो। उनको खास नाम किशोरमान श्रेष्ठ हो।

कृतिहरू सम्पादन गर्नुहोस्

अगाडि नै फाट्टफुट्ट साप्ताहिक पत्रपत्रिकामा कथा कविता छापिए पनि साहित्यिक पहिलो रचना वि.सं. २०३३ मा रूपरेखामा प्रकाशित एकाङ्की 'माध्यम र माध्यम'लाई पहिलो प्रकाशित रचना मान्छन् । उनका प्रकाशित कृतिहरूः

  • बाच्नु र बाँचेकाहरू (कथासँग्रह, वि.सं. २०३७)
  • घर खण्डहर (कथासँग्रह, २०३७)
  • कथा-कोण (संयुक्त कथासँग्रह, वि.सं. २०४३)
  • विशु दाइ (कथासँग्रह, वि.सं. २०४५)
  • शहरमा बत्ती निभेको बेला (कवितासँग्रह, वि.सं. २०५३)
  • किंवदन्ती (लघुकथासँग्रह, वि.सं. २०५३)
  • सर्वज्ञ र सेक्स (कथासँग्रह, वि.सं. २०५५)
  • आ-आफ्नो भाग (बालकथा सँग्रह, वि.सं. २०६१)
  • अध्याय (सम्पादित लघुकथा सँग्रह, वि.सं. २०४७)
  • एकैसाथ हाँसौं (अनुवादित कथासँग्रह, वि.सं. २०५५)
  • लम्लम्ती दम (बालकथा सँग्रह, वि.सं. २०५७)
  • त्यो तलाको मालिक (अनुवादित कथासँग्रह, वि.सं. २०५९)
  • हाँस र फुच्ची केटी (बालकथा सङ्ग्रह, वि.सं. २०६६)
  • मुग्ध सिम्फोनी (कथासङ्ग्रह, वि.स. २०७०)

अन्नपूर्णाको भोज : कथाकार मनु ब्राजाकीको कथासङ्ग्रह (सम्पादन, वि.स. २०७१)

शनिवारको साथी : बालकथा–सङ्ग्रह : २०७३
रोजा कथाहरु : कथा–सङ्ग्रह : २०७५

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

  • 'नव भानु तिमी नेपाली नव नभका' शीर्षक कविता प्रतियोगितामा प्रथम (वि.सं. २०२८)

[वैजयन्ती स्रष्टा सम्मान] (वि. सं. २०७१, लघुकथा)

पद्मा—रामचन्द्र लघुकथा सम्मान २०७४  

उपलब्धि आख्यान दिवस २०७६ अनवरत कथालेखन स्रष्टा सम्मान

रमेश विकल सृजना पुरस्कार २०७६

चक्रपाणि स्मृति सम्मान २०७९

संलग्नता सम्पादन गर्नुहोस्

  • शताब्दीका सदस्य
  • सर्वनामका संस्थापक सदस्य (वि.सं. २०३८)
  • सडक कविता क्रान्तिमा सहभागी
  • कथाकोण लेखन अभियान (वि.सं. २०४३)
  • 'Pen Lovers in Nepal' (साहित्यिक समाचार विशेष) का सञ्चालक
  • 'शब्दपथ' का सञ्चालक

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्