कबीरदास वा कबीर १५ औं शताब्दीका भारतीय रहस्यमय कवि र संत थिए। उनी हिन्दी साहित्यको भक्ति कालको निर्गुण शाखाको ज्ञानमार्गी उपशाखाका महान् कवि थिए।उनका कार्यहरूले हिन्दी क्षेत्रको भक्ति आन्दोलनलाई गहिरो प्रभाव पारेको थियो। उहाँका कार्यहरू सिखहरूको आदि ग्रन्थमा समावेश गरिएको छ [१][२] उहाँ एक सर्वोच्च ईश्वरमा विश्वास गर्नुहुन्छ।उनले समाजमा प्रचलित कुरीति, रीतिरिवाज, अन्धविश्वासको कडा आलोचना गरे [१][३] उनको जीवनकालमा हिन्दू र मुस्लिम दुवैले उनको अनुसरण गरे।[२] कबीर पंथ भनिने सम्प्रदाय उहाँको शिक्षाका अनुयायी हुन्।[४]हजारी प्रसाद द्विवेदीले उनलाई मस्तमौला भनेका छन् ।

संत कबीर
सन् 1825 को यो चित्रमा, कबीर साहेब लाई एक शिष्य संग देखाइएको छ।

 

कबीर साहेबको जन्म कहिले भएको हो भन्ने कुरा ठ्याक्कै भन्न सकिँदैन । एक विश्वास र कबीर सागरका अनुसार उनको सशरीर अवतरण सन् १३९८ (संवत १४५५) जेठ महिनाको पूर्णिमाका दिन ब्रह्ममुहुर्तको समयमा लहरतारा तलाउमा रहेको कमलको फुलमा भएको थियो [५] जहाँबाट नीरु निमा नाम गरेका एक दम्पतीले उठाएर लगेका थिए । उहाँका अनुयायीहरूले यस लीलालाई कबीर साहेबको प्रकट दिवसको रूपमा मनाउँछन् ।[५] उनले बुनकरको काम गरेर आफ्नो जीविका चलाए। कबीरले आफ्नो साँचो ज्ञान प्रमाणित गर्न आफ्नो जीवनमा 52 परीक्षाहरू पार गर्नुपरेको थियो।

  1. १.० १.१ Kabir वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२६ मिति Encyclopædia Britannica (2015)Accessed: July 27, 2015
  2. २.० २.१ Hugh Tinker (१९९०), South Asia: A Short History, University of Hawaii Press, पृ: 75–77, आइएसबिएन 978-0-8248-1287-4, मूलबाट ३१ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१२ 
  3. Carol Henderson Garcia; Carol E. Henderson (२००२), Culture and Customs of India, Greenwood Publishing Group, पृ: 70–71, आइएसबिएन 978-0-313-30513-9, मूलबाट ३१ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१२ 
  4. David Lorenzen (Editors: Karine Schomer and W. H. McLeod, 1987), The Sants: Studies in a Devotional Tradition of India, Motilal Banarsidass Publishers, आइएसबिएन ९७८-८१-२०८-०२७७-३, pages 281–302
  5. ५.० ५.१ "संत कबीर ने दुनिया को पढ़ाया एकता का पाठ, 624वें प्रकट दिवस पर पढ़ें उनकी जीवनी", Zee News Hindi (हिन्दीमा), २०२१-०६-२३, अन्तिम पहुँच २०२१-०६-२४