कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा नेपालभारतका श्रधालुको ठूलो आस्था रहेको छ ।[१] यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो मेला लाग्ने गरेको छ ।[२]

कंकालिनी मन्दिर
कंकालिनी मन्दिर
प्राथमिक विवरण
स्थान:भारदह
सम्बन्धनहिन्दुत्व
जिल्लासप्तरी
देशनेपाल
वास्तुकला प्रकारपेगोडा स्टाईल
अवस्थिति४ मी (१३ फिट)
भगवान् श्री कृष्णको मुर्ति

इतिहास सम्पादन गर्नुहोस्

एतिहासिक किम्बदन्ती अनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खनन गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो । त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पुजा सुरू गरेका थिए ।[३][४]

महत्त्व सम्पादन गर्नुहोस्

कंकालिनी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडाँ, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको छ । यहाँ प्रत्येक दिन ५० वटा भन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । यहा वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ । कंकालिनी मन्दिरमा श्रद्धालु भक्तजनको दिनहु भिड हुने गरेको छ ।

मन्दिर वास्तुकला सम्पादन गर्नुहोस्

यो मन्दिरलाई नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँ रहेको मुख्य मन्दिर प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर रहेको छ । यस मन्दिरको पाँच स्तरको छाना रहेको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "कंकालिनी मन्दिर", Madesh Special  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-३० मिति
  2. "Kankalini Temple", Boss Nepal, अन्तिम पहुँच १ नोभेम्बर २०१२ 
  3. Dāsa, Harikāntalāla (२००३), Saptarī Jillākā pramukha sāṃskr̥tika sthalaharu : eka adhyayana : laghuanusandhānakārya (1. saṃskaraṇa. संस्करण), Kāṭhamāḍauṃ: Nepāla Rājakīya Prajñā-Pratishṭhāna, पृ: 120, आइएसबिएन 9789993350569 
  4. "Kankalini Temple is another famous temple situated in Saptari district", Saptari Online, अन्तिम पहुँच २७ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०२१ मिति

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्