एडवार्ड डेभिड

नेता, संशोधनवादी, पेशाअनुसार अर्थशास्त्री (1863-1930)

एडवार्ड डेभिड (सन् १८६३-१९३०) - जर्मन सामाजिक-प्रजातन्त्रवादको दक्षिणपन्थी धाराका एक जना नेता, संशोधनवादी, पेशाअनुसार अर्थशास्त्री। जर्मन अवसरवादीहरूको पत्रिका Sozialistische Monatshefte ('समाजवादी मासिक') का एक जना संस्थापक। सन् १९०३ देखि राइखस्टागका प्रतिनिधि। साम्राज्यवादी विश्वयुद्ध (सन् १९१४-१९१८)को समयमा सामाजिक-अन्धराष्ट्रवादी बने। 'विश्वयुद्धमा सामाजिक-प्रजातन्त्रवाद' (सन् १९१५) नामक किताबमा साम्राज्यवादी युद्धमा जर्मन सामाजिक-प्रजातन्त्रवादको दक्षिणपन्थी धाराको अवसरवादी स्थितिको संरक्षक बन्न पुगे। सन् १९१९मा जर्मन गणतन्त्रको प्रथम संयुक्त सरकारमा सामेल भए। सन् १९१९-१९ ताका गृहमन्त्री र सन् १९२२-१९२७ ताका गेस्सेनमा सरकारका प्रतिनिधि रहे। सोभियत संघप्रति शत्रुतापूर्ण व्यवहार गर्ने जर्मन साम्राज्यवादको प्रतिशोधवादी दुस्प्रयासलाई उनको समर्थन रहेको थियो। [१]

एडवार्ड डेभिड (1907)

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८८