इलाम–२ उपनिर्वाचन, २०८१

वि.सं. २०८१ वैशाख १५ मा नेपालको इलाम निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन सम्पन्न भएको थियो।[१] नेकपा (एमाले)का रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा उप-निर्वाचन भएको थियो।[२] यस उपनिर्वाचनमा नेकपा (एमाले) तथा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ[३], नेपाली काङ्ग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादीको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्र सिंह थेगिम गरि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरि २० जनाको उम्मेदवारी परेको थियो।[४] बझाङ १ (क) प्रदेश सभा सदस्यको उपनिर्वाचनसँगै निर्वाचन सम्पन्न भएको थियो।[५] नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ यस उप निर्वाचनमा २७,७७२ मत ल्याएर निर्वाचित भएका थिए।[६]

इलाम-२ उप निर्वाचन २०८१

← २०७९ १५ वैशाख २०८१

प्रतिनिधि सभामा इलाम २ निर्वाचन क्षेत्र
कुल मतदान५७%[१]
 
उम्मेदवार सुहाङ नेम्वाङ डम्बरबहादुर खड्का डकेन्द्र सिंह थेगिम
दल नेकपा (एमाले) नेपाली काङ्ग्रेस स्वतन्त्र
जम्मा मत २७,७७२ २१,९४२ ११,४५७
प्रतिशत ४०.५६% ३२.०५% १६.७३%

कोशी प्रदेशमा इलाम २

अघिल्लो निर्वाचनमा निर्वाचित सांसद

सुवासचन्द्र नेम्वाङ
नेकपा (एमाले)

निर्वाचित सांसद

सुहाङ नेम्वाङ
नेकपा (एमाले)

पृष्ठभूमि सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा एमालेका उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङले निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली काङ्ग्रेसका डम्बर खड्कालाई ११४ मतान्तर सहित पराजित गरेका थिए।[७] नेम्वाङले ३०,०२० मत ल्याउँदा खड्काले २९,९०६ मत प्राप्त गरेका थिए। २४ भदौ २०८० मा, हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो।[८] सोही रिक्त रहेको पदमा उप निर्वाचन सम्पन्न भएको थियो। यो निर्वाचन क्षेत्र १ लाख १५ हजार ८८ मतदाता रहेका छन् भने उप निर्वाचनमा ६६ हजार मत खसेको थियो जुन कुल मतको ५७% हो।[९]

नतिजा सम्पादन गर्नुहोस्

उम्मेदवारदलमत%+/–
सुहाङ नेम्वाङनेकपा (एमाले)२७,७७२४०.५६-४.८
डम्बरबहादुर खड्कानेपाली काङ्ग्रेस२१,९४२३२.०५-१३.१४
डकेन्द्र सिंह थेगिमस्वतन्त्र११,४५७१६.७३नयाँ
मिलन लिम्बूराष्ट्रिय स्वतन्त्र पार्टी५,०५०७.३८+५.२९
मणिकुमार लिम्बूमङ्गोल नेसनल अर्गनाइजेसन८१६१.१९-०.८७
अन्य१,४३५२.१-३.२१
जम्मा६८,४७२१००
वैध मतहरू६८,४७२९८.७
अवैध/रिक्त मतहरू९०२१.३
जम्मा मत६९,३७४१००
दर्ता भएका मतदाता/मतदान११५,८८९५९.८६
बहुमत५,८३०
नेकपा (एमाले) विजयी
स्रोत: [१०]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ पर्वत पाेर्तेल (१४ वैशाख २०८१), "उपनिर्वाचन : मतदानको अवधि सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो", कान्तिपुर दैनिक (नेपालीमा)। 
  2. "इलाम २ मा वैशाख १५ गते उप-निर्वाचन", आर्थिक न्युज (नेपालीमा), १४ वैशाख २०८१। 
  3. "सुहाङ नेम्वाङ : सफल पिताको पदचापमा तन्नेरी पुत्र", दैनिक नेपाल (नेपालीमा), १४ वैशाख २०८१। 
  4. कोकिला ढकाल (१४ वैशाख २०८१), "उपनिर्वाचन : इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता", गोरखापत्र (नेपालीमा)। 
  5. वसन्तप्रताप सिंह (१४ वैशाख २०८१), "बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने", कान्तिपुर (नेपालीमा)। 
  6. "इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी", अनलाइन खबर (नेपालीमा), १४ वैशाख २०८१। 
  7. "इलाम २ बाट एमालेका सुवास नेम्वाङ विजयी", नयाँ पत्रिका दैनिक (नेपालीमा), १४ वैशाख २०८१। 
  8. "एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन", अन्नपूर्ण पोस्ट (नेपालीमा), १४ वैशाख २०८१। 
  9. "इलाम २ मा खस्यो ५७ प्रतिशत मत, भोलि बेलुकासम्ममा अन्तिम परिणाम आइसक्ने", नेपाल प्रेस (नेपालीमा), १४ वैशाख २०८१। 
  10. "उपनिर्वाचन नतिजा, २०८१", निर्वाचन आयोग