अनुगुल जिल्ला भारतको ओडिशा राज्य अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम अनुगुल सहर हो। अनुगुल जिल्लालाई ओडिशाको औद्योगिक राजधानीको रूपमा लिइन्छ।

अनुगुल जिल्ला
जिल्ला
अनुगुल जिल्लाको आधिकारिक छाप
अनुगुल जिल्लाको अवस्थिति
निर्देशाङ्क: २०°४९′५९″N ८५°०६′००″E / २०.८३३°N ८५.१°E / 20.833; 85.1निर्देशाङ्कहरू: २०°४९′५९″N ८५°०६′००″E / २०.८३३°N ८५.१°E / 20.833; 85.1
देश भारत
राज्यओडिशा
स्थापित१ अप्रिल १९९३
सदरमुकामअनुगुल
सरकार
 • प्रकारनगरपालिका
क्षेत्रफल
 • जम्मा६,२३२ किमी (२४०६ वर्ग माइल)
उन्नतांश
८७५.५ मिटर (२८७२.४ फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१,२७३,८२१[१]
 • घनत्व१९९/किमी (५२०/वर्ग माइल)
भाषा
 • आधिकारिकओडिशा, अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
लिङ्ग अनुपात०.९४२ /
साक्षरता७८.९६%
वेबसाइटangul.nic.in

भूगोल सम्पादन गर्नुहोस्

अनुगुल जिल्ला ओडिशा राज्यको केन्द्रीय भागमा अवस्थित छ भने भने यो जिल्ला २०°३१' देखि २१°४०' उत्तर अक्षांश र ८४°१५' देखि ८५°२३' पूर्वी देशान्तरणमा अवस्थित छ। अनुगुल जिल्लाले भारतको कुल क्षेत्रफल मध्ये ६२३२ वर्ग किलोमिटर ओगटेको छ।[२] यस जिल्लालाई कटर र ढेङ्कानाल जिल्लाले पूर्व, देवगढ, केन्दुझर र सुन्दरगढ जिल्लाले उत्तर, सम्बलपुर र सोनेपुर जिल्लाले पश्चिम, नयागढ र बौद्ध जिल्लाले दक्षिणबाट घेरेको छ। यस जिल्लामा प्रशस्त प्राकृतिक स्रोत रहेको छ। अनुगुल जिल्लाको सदरमुकाम अनुगुल सहर भुवनेश्वरबाट १५० किलोमिटरको दुरीमा अवस्थित छ।[३]

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १२७३८२१ रहेको छ[४] जसमध्ये पुरुषको जनसङ्ख्या ६५५७१८ छ भने महिलाको जनसङ्ख्या ६१८१०३ रहेको छ। यस जिल्लाको जनघनत्व १९९ प्रति वर्ग किलोमिटर (५२०/वर्ग माइल) रहेको छ।[४] सन् २००१ देखि २०११ सम्म एक दशकको अन्तरालमा यस जिल्लाको जनसङ्ख्या ११% ले वृद्धि भएको थियो।[५] यस जिल्लामा प्रत्येक १००० पुरूषका लागि ९४२ महिलाको लिङ्गीक अनुपात र यस जिल्लाको कुल साक्षरता दर ७८.९६% रहेको छ। यस जिल्ला १९३० गाउँहरू रहेका छन्। [४]

अर्थतन्त्र सम्पादन गर्नुहोस्

अनुगुल जिल्लाको अर्थतन्त्रमा कृषिले महत्त्वपूर्ण स्थान ओगटेको छ किनकि सन् २०११ को राष्ट्रिय जनगणना अनुसार कृषिले यस जिल्लाका ७०% लाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार प्रदान गरेको छ। यस जिल्लाको कुल उत्पादन योग्य क्षेत्र २१६४०३ हेक्टरमा फैलिएको छ जुन यस जिल्लाको कुल क्षेत्रफल मध्ये ३२.७% हो। खरीफ ऋतुमा उत्पादन हुने प्रमुख बाली धान, मकै, रागी, तिलहन, दाल, कोदो, गहुँ, मटर, सूर्यमुखी, लसुन, अदुवा, आलु, प्याज, सुर्ति, उखु र धनिया आदि हुन्।

प्रशासन सम्पादन गर्नुहोस्

अनुगुल जिल्लाको प्रशासनिक सदरमुकाम अनुगुल सहरमा अवस्थित छ। प्रशासनिक संरचनाको हालको परिदृश्यमा जिल्लामा ४ उप विभाग, ८ तहसील र ८ विकास खण्डहरू रहेका छन्। अनुगुल जिल्लामा कुल २२५ ग्राम पञ्चाय, २ नगरपालिका, १ अधिसूचित क्षेत्र परिषद् र २ २३ प्रहरी थानाहरू रहेका छन्। सन् २००८ देखि अनुगुल जिल्लाले धेनकनाल (लोकसभा क्षेत्र) र सम्बलपुरको (लोकसभा क्षेत्र) प्रतिनिधित्व गर्दै आएको छ।[६]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Anugul (Angul) District Population Census 2011, Orissa literacy sex ratio and density", मूलबाट ६ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१५ 
  2. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", भारतको जनगणना आयोग, मूलबाट १६ जुन २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ नोभेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण १६ जुन २००४ मिति
  3. "Angul-Talcher seventh most polluted industrial cluster in the country", द हिन्दु, ५ जनवरी २०१०। 
  4. ४.० ४.१ ४.२ "सन् २०११ को जिल्लाको जनगणना", २०११, मूलबाट ११ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११ 
  5. "देशको तुलना:जनसङ्ख्या", मूलबाट २७ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०११  वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०११ मिति
  6. www.census2011.co.in সংগৃহীত ৯ আগস্ট, ২০১৮

बाह्य कडीहरू सम्पादन गर्नुहोस्