नमः शिवाय हिन्दू मन्त्रहरू मध्ये सबैभन्दा लोकप्रिय एक मन्त्र हो र शैव धर्मको महत्त्वपूर्ण मन्त्र हो। नमः शिवायको अर्थ "भगवान शिवलाई नमस्कार" हो। यसलाई शिव पञ्चाक्षर मन्त्र वा पञ्चाक्षर मन्त्र पनि भनिन्छ, जसको अर्थ "पाँच-अक्षरको मन्त्र" ( बाहेक ) हो। यो मन्त्र भगवान शिवलाई समर्पित छ। यो मन्त्र श्री रुद्रम् चमकम् र रुद्राष्टाध्यायीमा "न", "मः", "शि", "वा" र "य" को रूपमा प्रकट भएको छ। श्री रुद्रम् चमकम्, कृष्ण यजुर्वेदको अंश हो र रुद्राष्टाध्यायी शुक्ल यजुर्वेदको अंश हो।

देवनागरी लिपिमा "ॐ नमः शिवाय" मन्त्र
Panchakshara mantra
पञ्चाक्षरको रूपमा 'नमः शिवाय' मन्त्र

अर्थ सम्पादन गर्नुहोस्

  • "न" ध्वनीले पृथ्वीलाई जनाउँछ
  • "मः" ध्वनि पानीलाई जनाउँछ
  • "शि" ध्वनि अग्निलाई जनाउँछ
  • "वा" ध्वनि वायुलाई जनाउँछ
  • "य" ध्वनि आकाशलाई जनाउँछ

यसको कुल अर्थ "सार्वभौमिक चेतना एक हो" भन्ने हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्