होलिका हिरण्यकश्यप की बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू दिदी हुन् । उनीले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन्। यहि वरदानको फाइदा उठाउदै उनीले जलाएर मार्नको लागि आफु नग्न भएर प्रह्लादलाई आफ्नो काखमा लिएर आगोमा बसेकी थिइन् । यस क्रममा विष्णुले गर्दा प्रह्लादलाई केही भएन तर होलिका चाहिँ जलेर मरिन । यही दिनको खुसियालीमा हिन्दु धर्मावलम्बीहरूले होली पर्व मनाउने गर्छन ।

होलिका दहनको एक चित्र

होलीको अघिल्लो रातमा प्रह्लादलाई काखमा लिएकी होलिकाको एक माटोको मूर्ति तयार गरिन्छ । यो प्रतिमालाई दाउराको खातमा राखेर दहन गरिन्छ र प्रह्लाद बचेको अनि होलिका मरेको अनुभूति गरिन्छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्