हिमालय सम्शेर जबरा

हिमालय शमशेर जंगबहादुर राणा नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हुन् । यिनी अप्रिल २६ , १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए। उनले पछि हिमालयन बैङ्क लिमिटेड नामको ब्याङ्क खोलेका छन् जुन नेपालको क बर्गको बैङ्कमा गनिन्छ।

हिमालय शमशेर जंगबहादुर राणा
नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नर
कार्यकाल
२०१३ बैशाख १४ – २०१७ माघ २५ [१]
शासकमहेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीलक्ष्मीनाथ गौतम
अर्थ मन्त्रालयको पहिलो सचिव
कार्यकाल
१३ मंसिर, २००८ – २०१३
हस्ताक्षर

पहिलो अर्थसचिवसम्पादन

अर्थसचिव हिमालय शमशेर जबराले अर्थमन्त्रीले आफू लगायत तीनजना एमए पास गरेका युवालाई केही दिन काम लगाई राम्रो कामको आधारमा आफूलाई सचिवमा छानेको बताउनुभएको थियो।[२] उनले वि.सं. २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिव भई कार्यरत रहँदा अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापन गर्न सकृय भूमिका निर्वाह गरे ।

नेपाल राष्ट्र बैँकको पहिलो गभर्नरसम्पादन

उनले त्यसपश्चात् नेपाल राष्ट्र बैँकको पहिलो गभर्नरमा नियुक्त भई सो बैँक संस्थापन गर्ने अवसर पाए । यसबाहेक पनि केही नयाँ निकाय तथा संस्थानहरु संस्थापन गरे । तर, उनलाई नेपाल राष्ट्र बैँकका पूर्व गभर्नरकै रूपमा चिनियो । राष्ट्र बैँकले आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्दै यस संस्थाको छापमा ‘असतोमा सद् गमय’ भन्ने निर्देशक बचन राख्न उनले नै लगाएको हुन् । छापको डिजाइन बालकृष्ण समकी सुपुत्री कलाकार ज्वालाले गरेकी हुन् । उनको ४ वर्ष ८ महिनाको कार्यकालमा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरू सम्पन्न गर्न सफल भयो । उहिलेदेखि भारतीय रुपैँयामा कारोबार गरिने नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपैँयालाई चलनचल्तीमा स्थापित गर्न सफल भए । तराई प्रदेश नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अङ्ग हो भन्ने तराईवासीहरूले अनुभव गर्न थाले ।

त्यसबेला नेपाल राष्ट्र बैङ्क स्थापना गर्नुको मुख्य उद्देश्य एउटा मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने थियो । २०१३ सालमा नेपालमा द्वध मुद्रा चलन थियो । काठमाडौँ उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्तीमा हुने, झापादेखि कन्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्रा चलनमा थियो । सरकारले नै भारतीय रुपैयाँ चलनचल्तीमा ल्याएको हो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो ।

नेपाल राष्ट्र बैङ्क स्थापना भएपछि बैङ्क अफ इग्ल्यिान्डदेखि सबै ठाउँमा खाता खोलियो । र, ब्रिटिसहरूले गोर्खालीहरूको पेन्सनका लागि जुट पाउन्ड साट्न राष्ट्र बैङ्कमा आउन थाले । विदेशी विनियममा पनि हामी आत्मनिर्भर भयौं । आफ्नो कमाइबाट नेपाल आफैले खर्च गर्न सक्ने भयो ।

राष्ट्र बैङ्क स्थापना भएको २०–२५ वर्षसम्म बैङ्कहरूको नियमन र अनुगमन गर्ने कामै भएन । नेपाली मुद्रा कसरी चलाउने भन्नेमै ५ वर्ष लाग्यो, त्यसपछि विदेशी विनियमको काम भयो । त्यसपछि नोट निस्काशनको प्रवन्ध गर्‍यौं । जुद्ध शमशेरको पालामा नेपाली नोट निस्कासन भयो, त्यसबेला कागजको मुद्रा निस्कासन गर्दा सुरक्षा राख्नुपर्ने प्रावधान थिएन । राष्ट्र बैङ्क स्थापना भएपछि नोट निस्कासनको सुप्रबन्ध गरियो। त्यसको अर्थ नोट निस्कासन गर्न सरकारले सीमा तोक्थ्यो । त्यसको ५० प्रतिशत सुन, चाँदी राख्नुपर्ने ऐन नियम बनाए । नोट निस्कासन गरिसकेपछि नोट च्यात्यो, महिल्यो भने त्यसलाई साट्ने प्रणाली थिएन । त्यसको व्यवस्था पनि गरे ।

अपदस्थसम्पादन

जब महेन्द्र महाराजधिराजले संसद विघटन गरेर सत्ता लिए । बहुदलीय व्यवस्थामा विश्वास गर्नेहरु सबैलाई राजा महेन्द्रले अपदस्थ गरे । त्यो अपदस्थमा उनी पनि परे ।[३]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. https://nrb.org.np/aboutus/intro.php=NRB
  2. यसरी बस्यो निजामती सेवाको जग आश्विन ४, २०७४ उमेशप्रसाद मैनाली
  3. बहुदलमा विश्वास गरेकै कारण राजा महेन्द्रले आफैले राखेको गभर्नर मिल्काए, त्यो व्यक्ति मैँ थिएँ : हिमालय शमशेर https://purbakhola.com/archives/2566

बाह्य कडीहरूसम्पादन