Ebony wood परिवार (Ebenaceae)को Diospyros वर्गमा पर्ने यो वनस्पतीको हलुवावेद पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचिन ग्रिक मा Diospyros भन्नाले "भगवानहरूको फल (the fruit of the gods)" भन्ने बुझिन्छ । यो वनस्पति पतझर वनस्पति अन्तर्गत पर्दछ । यसको फलको रङ्ग हल्का सुन्तला पहेंलो, गाढा सुन्तला रातो तथा प्रजाती अनुसार फरक हुने गर्छ, जुन १.५ देखि ९ से.मी.( ०.५ देखि ४ इन्च) व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ । हलुवावेदको फल खानको लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसंग टासिएको हुन्छ तर फल पाकेपछि उक्त पत्रदल सजिलै निकाल्न सकिन्छ । हलुवावेदको फलहरूमा प्रशस्तमात्रामा ग्लूकोज पाइन्छ, ग्लूकोजका अलावा यसमा सन्तुलितमात्रामा प्रोटिन पनि पाइन्छ । यी फलहरू रासायनिक र औषधिय गुणकाकारण पनि अत्यन्तै महत्त्वपूर्ण छन् ।

हलुवावेद
हलुवावेद (फल)
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजातिहरू

लेखमा हेर्नुहोस

हलुवावेद एक समशितोष्ण किसिमको फलफूल हो । तर फल फल्ने समयमा चाहि तापक्रम पुगेन भने टर्रोपना आउन सक्छ । त्यसैले गर्दा फल लाग्ने समयमा घाम लाग्ने मोहडा भएको जग्गा छनौट गर्नुपर्छ । सुन्तला जातको फलफूल खेती गर्न सकिने स्थानमा हलुवावेदको खेती गर्न सकिन्छ ।

प्रजातिहरू सम्पादन गर्नुहोस्

  1. Diospyros kaki
  2. Diospyros lotus
  3. Diospyros virginiana
  4. Diospyros nigra
  5. Diospyros discolor
  6. Diospyros peregrina
  7. Diospyros texana

तश्बिर सङ्ग्रह सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्