हलिया मुक्ति दिवस बिसं २०६५ साल भाद्र २० गते हलिया प्रतिनिधि र तत्कालिन नेपाल सरकारबीच भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा मनाइने नेपालको राष्ट्रिय दिवस हो । यो प्रत्येक वर्ष भाद्र २१ गते मनाइन्छ ।[१] कमजोर आर्थिक अवस्था भएका दलित परिवारका बाबुबाजेले लिएको ऋण चुक्ता गर्न मालिकको सेवा गर्नु हलिया प्रथा हो । बाबुबाजेले त्यसरी लिएको ऋणको ब्याजस्वरूप परिवारका सबैले साहूको खेतीपाती तथा घरायसी कामकाज गरिदिनुपर्ने हुन्थ्यो । जुन प्रथा बाजुराका पूर्वोत्तर कोल्टी क्षेत्रका ९ गाविसमा अझै विद्यमान छ ।[२]

हलिया मुक्ति दिवस
अनुयायीहलिया
महत्त्वहलिया प्रथाको अन्त्यको घोषणा
मितिभाद्र २१


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्