हरिश्चन्द्र न्यौपाने

कोशकार प्रा. हरिश्चन्द्र उपाध्याय न्यौपानेको जन्म विक्रम संवत १९६४ भाद्र ८ गते शनिवार भक्तपुरको झौखेल गाउँ विकास समिति वडा नं. ४मा भएको हो । उनका पिताको नाम पं. नन्दिकेश्वर उपाध्याय न्यौपाने र माताको नाम गङ्गादेवी हो ।

शिक्षा सम्पादन गर्नुहोस्

न्यौपानेले अनौपचारिक शिक्षा घरैमा लिए । उनले प्रथमा, मध्यमा भारतको बनारसमा गरे । बनारसकै गभर्नमेण्ट संस्कृत कलेजबाट शास्त्री सके र सन् १९४७ मा साहित्याचार्य पूरा गरे ।

कोशको काम र प्राध्यापन सम्पादन गर्नुहोस्

पढाइ सकेपछि उनलाई नेपालमा काम दिइयो । उनले वि.सं. २००५ भाद्र २१ देखि २०१८ फागुनसम्म नेपाली भाषा प्रकाशिनी समितिअन्तर्गतको नेपाली भाषानुवाद परिषद्को मुख्य पण्डित पदमा रहेर काम गरे । उक्त पदमा पदाधिकार राखी समय-समयमा नेपाली भाषा प्रकाशिनी समिति, नेपाल राष्ट्रिय पुस्तकालयनेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश निर्माणसम्बन्धी योजनामा सेवा प्रदान गरे । वि.सं. २०१८ फागुनदेखि २०३४ मार्ग १६ गते सम्म प्राध्यापन गरे । उनले दरबार कलेज, त्रि-चन्द्र कलेजवाल्मीकि क्याम्पसलगायत तत्कालीन समयमा निजी क्षेत्रबाट सञ्चालित नेपाल नेशनल कलेज (शंकरदेव क्याम्पस) र सरस्वती कलेजसमेतमा पढाए । उनलाई राजगुरुका रूपमा चिनिन्छ । उनले तत्कालीन बडामहारानीहरू एवं अधिराजकुमारी क्रमशः ऐश्वर्य, कोमलप्रेक्ष्यालाई विवाहअघि र विवाहपछि नेपाली र संस्कृत विषयको शिक्षा दिए । ऐश्वर्यका छोराछोरीहरू दीपेन्द्र, श्रुतिनीराजनसमेतलाई दरबारमै गइ पढाए ।

सम्मान सम्पादन गर्नुहोस्

उनलाई २०४१ पुस १४ मा गोरखा दक्षिणबाहु चौथा, २०४४ पुस १४ मा गोरखा दक्षिणबाहु तेश्रा र २०५३ पुस १४मा विख्यात त्रिशक्ति पट्टसमेत मिल्यो । उनले शुभ राज्याभिषेक पदक, गद्दी आरोहण रजत महोत्सव पदक पाए । २०५७ जेठ ३ मा डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार पनि प्राप्त गरे । उनले अरु धेरै सम्मान पाए ।

निधन सम्पादन गर्नुहोस्

२०६४ असोज २१ गते सोमवार दिनको २.५० बजे उनको काठमाडौंमा निधन भयो ।