सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय विकास तथा सेवा प्रवाहको लागि नेतृत्वदायी भूमिकामा रहेर सो को व्यवस्थित सञ्चालन गर्नका लागि उत्तरदायी मन्त्रालय हो । यस मन्त्रालयले नेपालको समग्र विकासका विभिन्न साझेदारहरूको सहयोगमा सञ्चालित परियोजना, कार्यक्रमको समन्वय, सहयोग, सहजीकरण र सहकार्यको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
निकाय विवरण
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयकाठमाडौ

दुरदृष्टि र लक्ष्य सम्पादन गर्नुहोस्

मन्त्रालयको दुरदृष्टि लोकतान्त्रिक मूल्य मान्यतामा आधारित स्थानीय स्वायत्त शासनको मध्यमद्वारा जनताको जीवनस्तर सुधार ल्याउने रहेको छ । यसको प्रमुख लक्ष्य निम्नानुसार छ:

  1. स्थानीय सुशासनको संस्थागत विकास गर्ने,
  2. स्थानीय सेवा प्रवाहमा सुधार गर्ने,
  3. दिगो र गुणस्तरीय आर्थिक सामाजिक तथा स्थानीय पूर्वाधार विकास गर्ने

कार्यक्षेत्र र जिम्मेवारी सम्पादन गर्नुहोस्

नेपाल सरकारको (कार्य विभाजन) नियमावली, २०७४ बमोजिम स्थानिय विकास मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी निम्न बमोजिम तोकिएको छ :

  1. सङ्घ र स्थानीय तथा प्रदेश र स्थानीय तह बिचको सम्पर्क र समन्वय
  2. स्थानीय तहको संख्या सिमाना वडा र केन्द्र निर्धारण सम्बन्धी नीति मापदण्ड कार्यान्वयन सहजीकरण
  3. विशेष संरक्षित र स्वायत्त क्षेत्रको सीमांकन र संरचना सम्बन्धी नीति कानुन र मापदण्ड
  4. राष्ट्रिय दलित आयोग राष्ट्रिय समावेशी आयोग आदिवासी जनजाति आयोग मधेसी आयोग थारु आयोग र मुस्लिम आयोग
  5. स्थानीय पूर्वाधार विकास सम्बन्धी नीति कानुन  मापदण्ड प्रविधिको विकास र अनुसन्धान
  6. पञ्जिकरण र सामाजिक सुरक्षा भत्ता वितरणको अभिलेखीकरण
  7. फोहोरमैला ब्यबस्थापन सम्बन्धी नीति मापदण्ड समन्वय र सहजीकरण
  8. स्थानीय तहका पदाधिकारी र कर्मचारीको वैदेशिक भ्रमण सम्बन्धी नीति कानून मापदण्ड
  9. सङ्घीय निजामती तथा अन्य सङ्घीय सरकारी सेवा का निवृतिभरण लगायत अवकाश अन्य सुविधा सम्बन्धी नीति मापदण्ड र व्यवस्थापन
  10. सङ्घीय कर्मचारी निकाय सम्बन्धी कार्य
  11. सार्वजनिक सेवा प्रवाह सम्बन्धी नीति कानुन र मापदण्ड
  12. सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी नीति कार्यान्वयन र समन्वय
  13. प्रशासनिक सुधार सम्बन्धी नीति योजना समायोजन र समन्वय
  14. सङ्घीय निजामती सेवा र अन्य सरकारी सेवा सञ्चालन सम्बन्धी नीति कानून मापदण्ड तथा सेवा समूह र उपसमूहको व्यवस्थापन
  15. सङ्घीय निजामती सेवा र अन्य सङ्घीय सरकारी सेवाहरूको व्यवस्थापन सङ्घ प्रदेश र स्थानीय तहमा समायोजन र अन्तरप्रदेश कर्मचारी समन्वय एवं व्यवस्थापन
  16. कर्मचारी कल्याण सम्बन्धी नीति कानुन र मापदण्ड
  17. सङ्घ प्रदेश र स्थानीय तहमा रहने पदहरूको दरबन्दी सिर्जना सम्बन्धी नीति र मापदण्ड
  18. बढुवा समितिको सचिवालय
  19. सङ्घीय निजामती तथा अन्य सङ्घीय सरकारी सेवाका पदाधिकारीको सेवा शर्त र सुविधा
  20. सङ्घ, प्रदेश, र स्थानीय तहका कर्मचारीहरूको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी नीति, कानून र मापदण्ड
  21. स्थानीय तहको सार्वजनिक पदाधिकारीको सुविधा सम्बन्धी नीति र माप दण्ड
  22. सङ्घीय निजामती तथा अन्य सङ्घीय सरकारी सेवाको तालिम सम्बन्धी नीति कानून मापदण्ड अध्ययन अनुसन्धान र विकास
  23. सार्वजनिक पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी नीति र मापदण्ड
  24. प्रकाशकीय अभिलेख र तथ्यांक
  25. निजामती अस्पताल कर्मचारी प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
  26. मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि-सम्झौता अभिसन्धि सम्पर्क र समन्वय
  27. मन्त्रालय सम्बन्धित सार्वजनिक संस्थान प्राधिकरण समिति प्रतिष्ठान कम्पनी आदिको सञ्चालन र नियमन राष्ट्रिय कर्मचारी सम्बद्ध सङ्घसंस्था
  28. नेपाल प्रशासन सेवा नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा र नेपाल विविध सेवाको सञ्चालन
  29. नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहको सञ्चालन (पेज नम्बर २२)

सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
श्रीमहल, पुल्चोक ललितपुर।
टेलिफोन: ९७७-१-५५२३३२९, ५५२४५३५, ५५३६१७०, ५५२४२८०,
५५२१८७३, ५५२५१४८, ५५४४४०३
फ्याक्स : ९७७-१-५५२२०४५
ई-मेल : secretary@mofaga.gov.np, plandiv@mofaga.gov.np, govdiv@mofaga.gov.np,
admindiv@mofaga.gov.np, mundiv@mofaga.gov.np, ipd@mofaga.gov.np

आधिकारिक वेबसाइट सम्पादन गर्नुहोस्