स्क्रब टाइफस वा बुस टाइफस (bush typhus) रोग 'ओरेन्सिया सुसुगमुसी' (Orentia tsutsugamushi) नामक परजीवीको संक्रमणले लाग्ने रोग हो। यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ।

स्क्रब टाइफस
पर्यायबाचिहरूबुस टाइफस
ओरेन्सिया सुसुगमुसी
विशिष्टताinfectious diseases

नेपालमा सम्पादन गर्नुहोस्

स्क्रब टाइफस संक्रमण नेपालको ललितपुर, सिन्धुपाल्चोक, गोरखा, झापा, बारा, रौतहट, पाल्पा, सर्लाही, चितवन, धादिङ, मकवानपुर, नुवाकोट, रामेछाप, बाग्लुङ, कास्की, स्याङजा, अर्घाखाँची, बाँके, बर्दिया, गुल्मी, कपिलवस्तु, नवलपरासी, प्युठान, रुपन्देही, दैलेख, बझाङ, कैलालीबझाङमा भेटिएको छ।[१]

लक्षण सम्पादन गर्नुहोस्

स्क्रब टाइफस संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ। स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन्। [२]समयमै उपचार नगरे विभिन्न अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुने गर्दछ।

बाच्ने उपाय सम्पादन गर्नुहोस्

संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने पर्छ। खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने हुन्छ। घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ। स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइन्छ। [३]



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्