सुमात्रानी वन मान्छे

सुमात्रानी वन मान्छे वन मान्छे प्रजातिको बाँदरको तीन प्रजाति मध्ये एक हो। यस प्रजातिको वन मान्छे इण्डोनेसियाको उत्तरी क्षेत्रमा पर्ने सुमात्रा टापूमा मात्र पाइन्छन्। यस प्रजातिको वन मान्छे बोर्निओसी वन मान्छे भदा कम मात्रामा भेटिन्छन् भने हालसालै पत्ता लागेको तपानुली वन मान्छे भन्दा धेरै मात्रामा पाइन्छ भने यी तीनै प्रजातिहरूको बासस्थान दायरा एकै छ। यस प्रजातिको नाम ओरङ्गुटन शब्द मलय भाषाबाट साभार गरिएको हो जसको अर्थ वन मान्छे हुन्छ। (ओरङ को अर्थ "मान्छे" तथा गुटनको अर्थ "वन" हुन्छ)।[३]

सुमात्रानी वन मान्छे
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Pongo
प्रजाति:
वैज्ञानिक नाम
Template:Taxonomy/PongoPongo abelii
रिनी लेसन, सन् १८२७[२]
इण्डोनेसियामा बासस्थान दायरा

शारीरिक विवरणसम्पादन

 
एक वयस्क भाले वन मान्छे

एक वयस्क भाले वन मान्छे १.७ मिटर (५.६ फिट) सम्म बढ्न सक्दछ भने यसको कुल तौल ९० किग्रा (२०० पाउण्ड) हुने गर्दछ। यस प्रजातिको वन मान्छेको भाले भन्दा पोथी जाति सानो हुनछ जसको कुल शरीरको लम्बाई ९० सेमी (३.० फिट) हुन्छ भने यसको तरूल ४५ किग्रा (९९ पाउण्ड) हुने गर्दछ। बोर्नियाली वन मान्छेको तुलनामा सुमात्राली वन मान्छेको शरीर हल्का पातलो हुन्छ भने यसको लाम्चो अनुहार हुन्छ। यस प्रजातिको वन मान्छेको शरीरको भुत्लाहरू रातो तथा रातो र पहेँलो मिसिएको रङ्ग जस्तो देखिन्छ।[४]

खतरासम्पादन

सुमात्रा टापुमा पाइने वन मान्छे दुवै कानुनी तथा गैरकानुनी तरीकाको कृषि, खेती तथा सडकहरू निर्माणले गर्दा यी जीवहरू विखण्डित भएका छन्। विभिन्न तेल कम्पनीहरूले वनस्पति घ्यूको उत्पादन तथा वृद्धि गर्ने मनस्थितिले वन फडानी गर्दै आएको देखिन्छ भने यस्तो कार्य इण्डोनेसियाको सुमात्रा टापुमा गरिन्छ जुन यस प्रजातिको जीवको बासस्थान क्षेत्र भित्र पर्दछ। सन् १९९० को दशकमा वन क्षतिको आकलनले निष्कर्ष निकाल्यो कि प्रत्येक वर्ष कम्तिमा १,००० वन मान्छेहरू विखण्डित हुन्छन् र तीनिहरूको बासस्थान दायरामा पनि गिरावट आउँछ। सन् २०१७ सम्म लगभग ८२.५% सुमात्रानी वन मान्छेहरू कडाईका साथ यस टापुको उत्तरी छेउमा सीमित बनेका थिए। सुमात्रानी वन मान्छेहरू सुमात्रा टापुको पश्चिम भागमा पर्ने सिम्पाङ कनान नदी तथा सुमात्रा टापुको पूर्वी क्षेत्रमा पर्ने असान नदीमा विरलै भेटिन्छन्।[५]

यस प्रजातिको वन मान्छेको सिकार गर्ने अवैध रूपमा सिकार गर्ने खासै ठूलो समस्या नभएतापनि केही स्थानीय सिकारीहरूले यस प्रजातिको वन मान्छेको अधिक रूपमा सिकार गर्ने गरेको पाइएको छ। यस टापुको उत्तरी भागमा बसोबास गर्ने स्थानीय मानिसहरूले विगतमा यस प्रजातिको वन मान्छेको सिकार गरी खाने गरेका थिए। यद्यपि सुमात्रानी वन मान्छेको खोजी गर्न जानाजानी गरिएको प्रयास आजकल विरलै पाइन्छ। बटका जनजातिका स्थानीयहरूले यस क्षेत्रमा पाइने प्रायः सबै जनावरको सिकार गरी खाने गर्दछन्। थप रूपमा सुमात्रा टापुमा बसोबास गर्ने किसानहरूले यस प्रजातिको वन मान्छेलाई घर पालुवा जनावरी रूपमा पाल्दै आएका छन् भने यदी यी प्राणीहरू फुस्किए भने बालीनालीमा हानी गर्ने गरेका छन्।[६] २०अौँ शताब्दीको सुरुवातमा विभिन्न युरोपेली तथा उत्तर अमेरिकी चिडियाखानामा यस प्रजातिको वन मान्छेको माग भएका कारण व्यवसायीक रूपमा यस प्रजातिको जीवित वा मृत शरीर बेचिने गरिएको छ। सुमात्रानी वन मान्छेले अत्यधिक कार्य गर्ने हृदय प्रणाली विकसित गरेको छ। यद्यपि यस जीवको फोक्सोमा ठूलो सुधारिएको वायु थैलीको विकास भएको छ।

संरक्षण स्थितिसम्पादन

सुमात्राली वन मान्छे इण्डोनेसियाको‍ सुमात्रा स्थित आचे प्रदेशमा मात्र जीवित रहन सक्छद जुन दक्षिणी भागमा अवस्थित छ।[७] १९अौँ शताब्दीमा यस प्रजातिको वन मान्छे यसको बासस्थान दायरा तथा दक्षिणी भूभागमा प्रशस्तै मात्रामा भेटिन्थे जहाँ यी प्रजातिहरू जाम्बी र पाडङ जस्ता ठाउँहरूमा पनि बसोबास गर्ने गरेका थिए।[८] आचे प्रदेशको सिमानामा सुमात्राको दक्षिणी भूभागमा यस प्रजातिका केही जनावरी रहेका छन् जहाँ यी प्रजातिहरू टोबा जङ्गल क्षेत्र वरपर बसोबास गर्छन्।[९] टोबा ताल वरपरको क्षेत्रमा गरिएको अनुसन्धानले यो निष्कर्ष निकाल्यो कि यस्ता प्राणीहरू यस क्षेत्रको दुई छुट्टाछुट्टै भागमा बसोबास गर्छन् जसमा बुकित लावङ बन्यजन्तु आरक्ष र गुनुङ लुसर राष्ट्रिय निकुञ्ज समावेश छन्।[१०] यस प्रजातिका वन मान्छेलाई विश्वकै २५ सङ्कटापन्न बन्यजन्तु रूपमा गरिएको छ। संरक्षणको प्रयासले यसको सङ्ख्याको गिरावट हुनबाट रोकथाम गरिरहेको छ गर्न मद्दत गरिरहेको छ।[११] सन् २००० देखि सन् २००८ सम्म यस प्रजातिको वन मान्छेलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा सङ्कटापन्न बन्यजन्तुको रूपमा सूचीकृत गरिएको छ भने यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। सुमात्राली वन मान्छेको एक प्रतिवेदन सन् २०१६ मा सार्वजनिक गरिएको थियो जसमा यस प्रजातिको वन मान्छेको सङ्ख्या १४,६१३ रहेको छ भन्ने तथ्याङ्क प्राप्त गरिएको थियो।[१२] सन् २००४ मा सार्वजनिक गरिएको प्रतिवेदनमा भने यस प्रजातिको बन मान्छे तात्कालिक समयमा लगभग ७३०० को हाराहारीमा जङ्गलमा बसोबास गर्छन् भन्ने जानकारी दिएको थियो। यस प्रजातिका वन मान्छेलाई गुनुङ राष्ट्रिय निकुञ्जको ५ वटा क्षेत्रमा संरक्षण गरिएको छ जसमा; आचे, पश्चिम बातङ, तोरु नदी, पूर्व सरूला र सिदाङ्गकट समावेश छन्।[१३] इण्डोनेसियाको जाम्बी तथा रियु प्रदेशका केही स्थानहरूमा यस प्रजातिको वन मान्छेको केही प्रजनन स्थलहरू खोलिएको थियो जसले यसको सङ्ख्या वृद्धि गर्नका लागि केही हद सम्म सहयोग गरेको थियो।[१४] वनस्पति घ्यू उत्पादन गर्ने कम्पनीहरूले यस प्रजातिको वन मान्छेको बासस्थान दायरामा पर्ने जङ्गल फडानी गर्दै खेती गरेका कारण यी प्रजातिहरूको बासस्थान दायरा सिमित बन्न पुगेको हो।

सन्दर्भ सामग्रीसम्पादन

  1. Singleton, Ian; Wich, Serge A.; Nowak, Matthew G.; Usher, Graham; Utami-Atmoko, Sri Suchi (२०१७), "Pongo abelii", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची, 2017.3: e.T१२१०९७९३५A११५५७५०८५, डिओआई:10.2305/IUCN.UK.2017-3.RLTS.T121097935A115575085.en, अन्तिम पहुँच २२ जुन २०१८ 
  2. Lesson, René-Primevère (१८२७), Manuel de mammalogie ou Histoire naturelle des mammifères (Frenchमा), Paris: Roret, Libraire। 
  3. "Sumatran Orangutan | Species | WWF", World Wildlife Fund (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०६-१२ 
  4. "Orangutan Pongo", Primate Info Net। 
  5. The Associated Press (Mar १८, २०१९), "Orangutan blinded after being shot 74 times with air gun pellets", CBC News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०३-१९ 
  6. Ihms, E.a.; Daniels, J.b.; Koivisto, C.s.; Barrie, M.t.; Russell, D.s. (२०१४-०२-०१), "Fatal Streptococcus anginosus-associated pneumonia in a captive Sumatran orangutan (Pongo abelii)", Journal of Medical Primatology 43 (1): 48–51, आइएसएसएन 1600-0684, डिओआई:10.1111/jmp.12085, पिएमआइडी 24117447 
  7. Singleton, I.; S. Wich; S. Husson; S. Stephens; S. Utami Atmoko; M. Leighton; N. Rosen; K. Traylor-Holzer तथा अन्य (2004). "Orangutan Population and Habitat Viability Assessment". Final Report. IUCN/SSC Conservation Breeding Specialist Group (CSG). IUCN. 
  8. Rijksen, H. D. (१९७८), "A Field Study on Sumatran Orang utans (Pongo pygmaeus abelli, Lesson 1827)", Ecology, Behavior and Conservation 
  9. S. A. Wich; I. Singleton; S. S. Utami-Atmoko; M. L. Geurts; H. D. Rijksen & C. P. van Schaik (२००३), "The status of the Sumatran orang-utan Pongo abelii: an update", Flora & Fauna International 37 (1): ४९, डिओआई:10.1017/S0030605303000115 
  10. Mittermeier, R.A.; Wallis, J.; Rylands, A.B.; Ganzhorn, J.U.; Oates, J.F.; Supriatna, E.A.; Palacios, E.; Heymann, E.W.; Kierulff, M.C.M., सम्पादकहरू (२००९), Primates in Peril: The World's 25 Most Endangered Primates 2008–2010, Illustrated by S.D. Nash, Arlington, VA.: IUCN/SSC Primate Specialist Group (PSG), International Primatological Society (IPS), and Conservation International (CI), पृ: 1–92, आइएसबिएन 978-1-934151-34-1 
  11. Wich, Serge A.; Singleton, Ian; Nowak, Matthew G.; Utami Atmoko, Sri Suci; Nisam, Gonda; Arif, Sugesti Mhd.; Putra, Rudi H.; Ardi, Rio; Fredriksson, Gabriella; Usher, Graham; Gaveau, David L. A.; Kühl, Hjalmar S. (२०१६), "Science Advances", Science Advances 2 (3): e1500789, डिओआई:10.1126/sciadv.1500789, पिएमआइडी 26973868, पिएमसी 4783118, अन्तिम पहुँच २०१६-०५-०५ 
  12. Wilson, Howard B.; Meijaard, Erik; Venter, Oscar; Ancrenaz, Marc; Possingham, Hugh P. (२०१४), "Conservation Strategies for Orangutans: Reintroduction versus Habitat Preservation and the Benefits of Sustainably Logged Forest", PLoS ONE 9 (7): e102174, डिओआई:10.1371/journal.pone.0102174, पिएमआइडी 25025134, पिएमसी 4099073 
  13. "A Sumatran orangutan returns to the jungle", multimedia.dw.com, अन्तिम पहुँच २०१९-०२-२७ 
  14. Buij, R.; Wich, S. A.; Lubis, A. H.; Sterck, E. H. M. (२००२), "Seasonal movements in the Sumatran orangutan (Pongo pygmaeus abelii) and consequences for conservation", Biological Conservation 107 (1): 83–87, डिओआई:10.1016/s0006-3207(02)00048-4 

बाह्य सूत्रहरूसम्पादन