सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लामा पर्ने वाग्मती प्रदेशको एउटा गाउँपालिका हो । यस गाउँपालिका हुदै बग्ने सुनकोशी खोलाको नामबाट यसको नामाकरण भएको हो | वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा तत्कालीन ६ गाविसहरू ठोकर्पा , कालिका, यमुनाडाँडा,सुनखानी ,थुम्पाखर र पाग्रेंटार लाई गाभिएको थियो । हाल यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् ।

सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
Sunkoshi Rural Municipality
सुनकोशी गाउँपालिका
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • प्रकारस्थानीय
क्षेत्रफल
 • जम्मा७२.८४ किमी (२८.१२ वर्ग माइल)
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा१६७१३
 • घनत्व२३०/किमी (५९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४५३००
क्षेत्रीय सङ्केत०११
वेबसाइटhttp://sunkoshimunsindhupalchowk.gov.np/

यस गाउँपालिकाको क्षेत्रफल ७२.८४ वर्ग किलो मिटर रहेको छ भने २०६८ सालको जनगणना अनुसार १६७१३ जनसंख्या रहेको छ । प्रति वर्ग कि.मी. २३८ जनघनत्व रहेको यस गाउँपालिकामा अधिकांशको कार्यक्षेत्र जलस्रोत, पर्यटन, कृषि र व्यापार रहेको छ । साथै यो गाउँपालिका कफी ब्यवसायमा प्रचुर सम्भावना बोकेको छ ।

यस गाउँपालिकामा विशेष गरी हिन्दु र वौद्ध धर्मावालम्वीहरूको बसोबास रहेको छ । यहाँ व्राह्मण, क्षेत्री र तामाङ्ग जातिको वाहुल्यता रहेको छ । यहाँका नागरिकहरूले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रूपमा ऐतिहासिक काल बाटै अंगाल्दै आएका छन् । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु स्थानीय बजार क्षेत्रमा बढी खपत र बिक्री हुने गरेको छ । भौगोलिक रूपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस गाउँपालिकामा मानव बसोवास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् ।