मुख्य सूची खोल्नुहोस्

सामी केडिरा (जर्मन उच्चारण: [ˈsami keˈdiːʁa]; अरबी: سامي خضيرة;जन्म ४ अप्रिल १९८७) जर्मन फुटबलर हुन् जो क्लब युभेन्टसजर्मन राष्ट्रिय फुटबल टोलीको रक्षात्मक मध्य पङ्क्ति सम्हाल्ने गर्दछन् । खेदिरा बुन्डेस लिगा क्लब भीएफबी स्टुटगार्ट बाट 2010 मा रियल म्याड्रिड प्रवेश गरेका हुन् । गतिशिल मिड फिल्डरको छवी बनाएका खेदिरा त्रुटीविहिन खेल खेल्न माहिर मानिन्छन् । साथै ग्राउन्डको ठुलो हिस्सा ढाकेर विपक्षीका लागि ढाल झैँ बनेर एउटा डिफेन्डरको काम गर्नु र मध्य पङ्क्ति बाट बल लिएर टीमको काउन्टर आक्रमणमा जोडीनु उनको विशेषता हो ।

सामी केडिरा
SamiKhedira.jpg
२०१२ मा रियल म्याड्रिडको लागि खेल्दै केडिरा
व्यक्तिगत विवरण
पुरा नाम सामी केडिरा[१]
जन्म मिति (१९८७-०४-०४) ४ अप्रिल १९८७ (उमेर ३२)[१]
जन्म स्थान स्टटगार्ट, पश्चिम जर्मनी
उचाई १.८९ मी (६ फिट २ इन्च)[२]
खेल्ने स्थान डिफेन्सिभ मिडफिल्डर
क्लबको विवरण
हालको क्लब युभेन्टस
नम्बर
युवा क्लब
१९९२–१९९५ TV Oeffingen
१९९५–२००४ VfB Stuttgart
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००४–२००६ VfB Stuttgart II २१ (१)
२००६–२०१० VfB Stuttgart ९८ (१४)
२०१०–२०१५ रियल म्याड्रिड १०२ (६)
२०१५- युभेन्टस ८७ (२१)
राष्ट्रिय टिम
२००३–२००४ Germany U17 10 (2)
२००७–२००९ Germany U21 15 (5)
२००९– जर्मनी 53 (5)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 16:55, 7 February 2015 (UTC).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी 20:47, 19 November 2014 (UTC)

व्यक्तिगत जीवनसम्पादन

सामी खेदिराको जन्म ट्युनिसियन बाबु र जर्मन आमाबाट जर्मनीको स्टुटगार्टमा भएको हो । खेदिराका भाई रानी पनि फुटबलर हुन् । जर्मन फेसन मोडेल लेना गेर्के र खेदिराको सम्बन्ध सार्वजनिक भईसकेको छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "FIFA World Cup South Africa 2010: List of Players" (PDF), FIFA, १२ जुन २०१०, पृ: ११, अन्तिम पहुँच ८ डिसेम्बर २०१३ 
  2. "Sami Khedira", Real Madrid C.F, अन्तिम पहुँच ३ मार्च २०१२ 

बाह्य लिङ्कहरूसम्पादन