समर लभ (उपन्यास)

साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो

समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित यो उपन्यास सुबिन भट्टराईको दोस्रो कृति हो। यसै कृतिमा आधारित रहेर २०७५ सालमा समर लभ नामक चलचित्र पनि निर्माण भएको थियो ।

समर लभ
लेखकसुबिन भट्टराई
आवरण कलाकारप्रिन्सा श्रेष्ठ (मोडल)
किशोर कायस्थ (तस्विर)
सुवर्ण हुमागाई (ढाँचा) [१]
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारप्रेम र रोमान्स
प्रकाशकफाइन प्रिन्टआइएनसी
प्रकाशित मिति
२०६९ साल
पृष्ठ२४७ पृष्ठ
आइएसबिएन978-9937-8563-8-6

समर लभ को दोस्रो भागका रूपमा साया बजारमा आएको थियो ।[२][३]

कथानक सम्पादन गर्नुहोस्

समर लभ मुख्य पात्र अतीत र शायाको प्रेममा आधारित छ।अतीतको सुरूमा इन्ट्रान्स टपर शाया को हो भन्ने कौतुहलता जाघ्छ। एउटै कलेज र घर जाने बाटोपनि एउटै हुदा दुवै नजिकिन्छन्। उनीहरूको प्रेम जीवन राम्रै चलेको हुन्छ तर कलेज यात्रा समाप्त हुदा केही प्रभाव पर्छ।थप प्रभाव जातीय अन्तरले पार्छ।काम र पढाईको शिलशिलामा अतीत धनगढी र शाया नर्वे जान्छन्। बिचमा दुवैको लुकीछिपी विवाह भएपनि केही छिनमा दुवैको विछोड हुन्छ ।विछोड पछि अतीतपनि शायाको खोजीमा नर्वे पुघ्ने र किरण भन्ने साथीलाई भेटेर यो आफ्नो कथा सुनाउने र उसले यो कथा लेखिदिन्छ र विछोडमै यो उपन्यास टुङगेको छ। प्रेम र रोमान्सले भरिपूर्ण यो उपन्यासमा दुई प्रेम जोडीको सङघर्स देखाईएको छ। [४] [५][६][७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. (24 February 2013) समर लभकी साया (Himal Khabarpatrika)
  2. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-२५ मिति
  3. [२]
  4. Dhamala, Roshani(29 November 2013). Book Chat: Of tales, telling, and narration वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२२ मिति, República (Nepalese newspaper)
  5. (4 September 2014). समर लभको दोस्रो भाग २३ गते, नागरिक पत्रीका (in Nepali)
  6. (9 September 2014). Subin Bhattarai continues love story with 'Saaya', República (Nepalese newspaper) (discussing "sequel to author Subin Bhattarai’s bestselling novel ‘Summer Love’")
  7. (13 September 2014). Youngsters throng Sabin's Saaya launch[dead link], The Himalayan Times