सन्तान (चलचित्र)

नेपाली चलचित्र

सन्तान २०४४ मङ्सिर १४ गते प्रदर्शनमा आएको एक नेपाली भाषाको चलचित्र हो। ओम प्रोडक्सन र शाही नेपाल चलचित्र निगम मार्फत नेपाल सरकारले यसको निर्माण गरेको थियो।[] चलचित्रमा भुवन केसी, अर्जुनजङ्ग शाही, करिश्मा मानन्धर, गौरी मल्ल, शान्ति मास्के, हरिप्रसाद रिमाल, उज्जवल घिमिरे, वसुन्धरा भुसाल, गोपालराज मैनाली, कृष्टी मैनाली लगायतका कलाकारको अभिनय रहेको छ।

सन्तान
निर्देशकप्रकाश थापा
लेखकभगवानदास श्रेष्ठ, प्रकाश थापा
निर्माताभगवानदास श्रेष्ठ
मुख्य कलाकारभुवन केसी
करिश्मा मानन्धर
गौरी मल्ल
वसुन्धरा भुसाल
कृष्टी मैनाली
छायाङ्कनमञ्जुकुमार श्रेष्ठ
सम्पादनअशोक नायक
वितरक
कम्पनी
ओम प्रोडक्सन
प्रदर्शन मिति
२०४४ मङ्सिर १४
देशनेपाल
भाषानेपाली

यस चलचित्रबाट अभिनेत्री करिश्मा मानन्धर र गौरी मल्लले चलचित्र क्षेत्रमा पाइला टेकेका थिए। यो चलचित्र अभिनेता अर्जुनजङ्ग शाहीको पनि पहिलो चलचित्र थियो। चलचित्रको पटकथा र संवाद चर्चित निर्देशक प्रकाश थापाले निर्देशन गरेका हुन्। चलचित्रमा मनोहरी सिंहको सङ्गीत, तीर्थ शेरचनको कला, गोपाल भुटानीको द्वन्द्व निर्देशन, शितल श्रेष्ठको प्रोडक्सन नियन्त्रण रहेको छ। गीतमा प्रसाद श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुष्मा श्रेष्ठ, उदितनारायण झा र दीपा गहतराज (दीपा झा) रहेका छन्। किरण खरेल र प्रेमविनोद 'नन्दन'को शब्द रचना रहेको गीतमा वसन्त रायमाझी र माधव किशनको नृत्य निर्देशन रहेको छ। चलचित्र को सम्पादन अशोक नायकले गरेका हुन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Santan", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 
  2. "Nepali Film – Santan (1989)", फिल्म्स अफ नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्