सदर मुलुकी खाना
राणाकालीन प्रशासनमा केन्द्रिय बैङ्कको (नेपाल राष्ट्र बैङ्क) काम गर्ने निकायलाई सदर मुलुकी खाना भनिन्थ्यो ।[१] मुलुकीखानाको राजस्वको निकासी कौसी तोषाखानाबाट गरिन्थ्यो ।
सदर मुलुकी खाना | |
उत्तराधिकारी | नेपाल राष्ट्र बैङ्क |
---|---|
गठन | वि.सं. १९९० बैशाख ७ |
संस्थापक | श्री ३ जुद्ध शमशेर |
प्रकार | सरकारी अड्डा |
लक्ष्य | केन्द्रिय बैङ्क |
प्रधान कार्यालय | काठमाडौँ |
खजाञ्ची | जनकराज पण्डित |
खजाञ्ची | भरतराज पण्डित |
खजाञ्ची | नरेन्द्रराज पण्डित |
२०१३ सालमा नेपाल राष्ट्र बैङ्क स्थापना भयो । सदर मुलुकी खानाले प्रकाशित गर्ने नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो ।
नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो। ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ। नेपाल राष्ट्र बैङ्क मार्फत छापिएका कागजी नोटहरू २०१६ साल फागुन ७ गतेबाट प्रचलनमा ल्याउन थालिएको हो ।
यसको प्रमुखलाई खजाञ्ची भनिन्थ्यो। खजाञ्ची नियुक्ति राजगुरुको खलकबाट हुन्थ्यो ।
कार्यहरू
सम्पादन गर्नुहोस्- विभिन्न सरकारी अड्डाबाट जम्मा गरिएको रकम,सुन, चादी र भारतीय मुद्रा नोटको सङ्कलन गर्नु
- ब्रिटिस सरकारबाट वार्षिक रूपमा आउने रु. १० लाख दिल्लीमा रहने नेपाली वकिलको माध्यमबाट बुझी लिनु
- दिन दैनिक कामको लागि चल्ती ढुकुटीमा रु. १० लाख र रु. पाँच लाख (भारतीय मुद्रा) राख्नु र सबै जगेडा रकम तीन साँचा ढुकुटी मा राख्नु । (यो ढुकुटी मा तीन ताल्चा लगाइएको हुन्थ्यो र यसको साँचो खाजांची, तहबिल डीत्ठा र टहरीरसँग हुन्थ्यो )
- कौशी तोषा खानाको आगी हरासंदा आदेश बमोजिम रकम निकासा गर्नु ।
- निम्न कोषहरू व्यवस्था गर्नु :
* गुठि रकम
* चन्द्रबत्ति प्रकाश बिजुली रकम
* डेप्रिसियसन् बिजुली रकम
* निजामति कर्मचारी रकम
* रोपवे रकम
* महासमर सभा रकम
* त्रिचन्द्र हस्पिटल रकम - भारतीय तथा नेपाली मुद्राको सतही कायम गर्नु विनिमय दर १०० भारू=१२४ नेपाली रुपैया र ३% . (सटहीको लागि मुलुकीखानाको सरफखाना फाँटलाई जिम्मेवारी दिइन्थ्यो । )[२]
खजाञ्ची
सम्पादन गर्नुहोस्- जनकराज पण्डित
- भरतराज पण्डित
- नरेन्द्रराज पण्डित
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्स्रोत
सम्पादन गर्नुहोस्- Acharya, Baburam (१९७१), "The Fall of Bhimsen Thapa and The Rise of Jang Bahadur Rana", Regmi Research Series (Kathmandu) 3: 214–219।